नेपाली साझा मंच साउदी अरबद्वारा प्रेस विज्ञप्ति
पिटि अनलाईन न्यूज
- १४ जेष्ठ, २०८० १५:०५
- 223 Views

साउदी अरब ।
“देशको लागि केही गरौं ” भन्ने मुल नारा सहित स्थापित संस्था नेपाली साझा मंच साउदी अरबले यहाँ कार्यरत नेपाली श्रमिकहरुको हक अधिकारको सवालमा तथा दुख, समस्या पर्दा सकेको सहयोग गर्दै देशमा भैइरहेको हरेक गतिविधिमा सकारात्मक पहलकदमी गर्दै चासो दिदै आईरहेको छ ।
यसै सन्दर्भमा अहिले देशमा आगो बलिरहेको नक्कली भुटानी शरणार्थी काण्डमा देशको उच्च ओदाका व्यक्तिहरु तिनको परिवार र सहयोगीहरु प्रत्यक्ष संगलन भएको तथ्य सार्वजनिक हुनु नेपालको लागि लज्जास्पद र दुःखद घटना भएको भन्दै यस काण्डमा निष्पक्ष छानबिन गरी बिना मोलाहिजा सबै दोषीहरूमाथि कारबाही गर्न सरकार दृढतापूर्वक भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित दबिएका र दबाइएका अन्य घटनाहरूमा पनि यसैगरी निष्पक्ष छानविन अगाडि बढाउन समेत नेपाली साझा मन्च साउदीद्वारा जोडदार माग गर्दै मंचका अध्यक्ष अन्जान गुभाजु, महासचिव राजु केसीको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तीमा लेखिएको छ
देशमा नयाँ संविधान जारी भएपछि देश विकास र प्रगतिपथमा अघि बढ्दै जानू पर्ने थियो। विडम्बना हाम्रो देश अघि बढ्नु सट्टा आफैमा रोग लागेर थला परेको विरामी जस्तो हुनु पुगेको वर्तमान अवस्थामा राजनैतिक अस्थिरता, बेथिति र गहिरिँदो आर्थिक संकटको बीचबाट गुर्जिदै गरेको छ । यस्तो अवस्थामा देशका सम्पुर्ण शक्तिहरु एकताबद्ध भएर अघि बढ्नु पर्ने अवस्थामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन देशकै शासन सत्ता हातमा लिएका उच्च ओदाका व्यक्तिहरु तिनको परिवार र सहयोगीहरु प्रत्यक्ष संगलन भएको तथ्य सार्वजनिक हुनु नेपालको लागि लज्जास्पद र दुःखद घटना हो।
उक्त घटनामा केही उच्च व्याक्तीहरुलाई प्रकाउ गरि छानविन गरिएकोमा नेपाल सरकारको प्रति समान व्यक्त गर्दैछौं । उच्च तहका राजनीतिक दलका नेताहरू र उनीहरूका परिवारका सदस्यहरू एवं प्रशासनिक अधिकारीहरू समेत यसको घेरामा पर्दै आएका हुनाले यस घटनाको प्रकृतिले यो आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र राज्यविरुद्धको मात्र नभई अन्तर्राष्ट्रिय रुपमा जगन्य अपराध गरेको देखिन्छ ।
राज्यका जिम्मेवार उच्चपदस्थहरूवाटै घटित यस घटना र काण्डको सत्यतथ्य छानविन र दोषी उपर सख्त कारवाही हुनै पर्ने देखिन्छ । उक्त घटना प्रति सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । छानविनको दायरा बढ्दै जाँदा अनुसन्धानलाई नाजायज प्रभाव कार्य हुन सक्ने हुँदा नेपाल सरकारले निस्पक्ष छानबिन गरि उक्त घटना संगलन जो कोहीलाई कडा भन्दा कडा कारबाही तथा विधिको शासन र कानुनको राज स्थापित गर्न सरकार एक कदम अगाडि बढ्नुपर्छ, बिना मोलाहिजा सबै दोषीहरूमाथि कारबाही गर्न सरकार दृढतापूर्वक भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित दबिएका र दबाइएका अन्य घटनाहरूमा पनि यसैगरी निष्पक्ष छानविन अगाडि बढाउन समेत नेपाली साझा मन्च साउदी जोडदार माग गर्दछौं ।
धन्यवाद ।
बोधार्थ : शारदा भुसाल झा अध्यक्ष, नेपाली साझा मन्च, नेपाल
अध्यक्ष अन्जान गुभाजु, महासचिव राजु केसी