साउदीबाट दु:खद खबर , रहेनन् रोल्पाली धकेन्द्र बाँठा मगर
- ११ चैत्र, २०७६ ०७:३०
- 7231 Views

सुबिन राज सेर्पाली
पि टि अनलाइन खबर
रियाद ,साउदी
साउदी अरबको रियादमा एक नेपालीको मृत्यु भएको छ ।
केहि कमाएर आफ्नो परिवारलाई सुखदुःखमा साथ दिन्छु भनेर साउदीमा मजदुरी गर्न आएको रोल्पा जिल्ला त्रिवेणी गाउपालिका पिउरी ३ नम्बर वडाका अन्दाजी बर्ष ३८ का धकेन्द्र बाँठा मगरको यहि चैत्र ४ गते मंगलबारका दिन साउदिको रियादमा दिउसो १ बजे सुतेको अबस्थामा निधन भएको छ । मृतक बाँठाका साथीका अनुसार अघिल्लो दिन खाना खाएर सुतेको उनि सुतेको अबस्थामा मृत्यु भएको बताए। मृतक बाँठाको पोस्टमार्टम रिपोर्टले ह्रुदयघातको कारणले मृत्यु भएको साउदी अस्पतालले पुष्ठि गरेको बताएको छ ।मृतक साउदी को अल अख्वाईन कम्पनी साऊदी , रियाद (Al Akhawain Company Saudi Riyad) मा कार्यरत थिए ।
स्वर्गीय धकेन्द्र बाँठाका श्रीमती भिमाकुमारी बाँठा मगरले आफूहरु वैदेशिक रोजगारको शिलसिलामा दुबै जना साउदिमा रहेकोले चरम गरिबीको रेखाले आज श्रीमानको मृत्यु भएको खबर सुन्दापनी आफू उपस्तिथि हुननसक्नुमा निकै भावुक हुदै पि टि अनलाइन खबर संग बताएकी छिन।
समय र परिस्थितिको खेलबाड हाम्रो जिवनको उद्वारचडाब बिच गुर्जिरहेको बेला आज श्रीमानको लामो समयको अन्तारालमा प्रवास बसाई संगै साउदिमै अस्ताएकोमा आफू निकै भावुक र शोकाकुल अबस्थामा पि टि अनलाइनका संवाददाता सुबिन राज सेर्पाली संग बताएका हुन।
छोराछोरी साना भएका र घरमा ससुरा बुवा पनि वृद्ध अबस्थामा रहेकोले आफुले कुन तवरले परिवारलाई शान्त्वना र सहाभुती दिलाउने भन्ने कुराले आफुलाई पिरोलिएको बताएकी छिन।
साथै नेपालको गरिबी र चरम वेरोजगारको शिकार बनिरहेका आम नेपाली दाजुभाइ र दिदीबहिनीको यो डरलाग्दो प्रस्थितिलाई नेपाल सरकार र राजनीतिक कर्मिहरुले समयमा ध्यान नदिए म जस्ता बिधवा नारिको कथा कहिले नसकिने र प्रवासमा नेपाली दाजुभाइ दिदिबहिनीले ज्यान गुमाउनु पर्ने अवस्था समेत नटुङ्गिने बताएकी हुन।
स्वर्गीय बाँठा मगरको घरमा एक बुवा,र नावालक १छोरा र १ छोरी मात्र रहेको र श्रीमती पनि रोजगारिको शिलसिलामा साउदिमै रहेकोले यस्तो कठिन प्रस्थितिमा आफन्त तथा शुभेच्छुकहरुको सहयोग,सल्लाह ,सुझाव ,सहाभुतिको समेत अपक्षा गरेको भिमा कुमारि बाँठा मगरले बताएकी हुन।
यसै पि टि अनलाइन खबर संग आफ्नो स्वर्गीय श्रीमानलाई हार्दिक श्राद्वान्जली समेत दिएकी छिन। साथै आफ्ना मृतक श्रीमानको शब चाडै नै नेपाल लग्न आबस्यक सहयोग गरिदिनु साउदी स्थित नेपाल राजदुतावास ,नेपाली संघसस्था तथा सरोकारवाला सङ अपिल गरेकी छिन् ।
एक साहसिक र उच्च मनोबल भएकी स्वर्गीय धकेन्द्र पत्निले भाग्य को लेखा टाडेर तर्दैन, एकदिन सबै मर्नुछ ,तर प्रदेशको मृत्यु अति दुखदाई भने रहेको बताएकी छिन।
केही दिन अगाडि मात्र स्वर्गीय धकेन्द्र मगरले लेखेको फेसबुक स्टाटस यतिबेला भने निकै अर्थपूर्ण , भाबुक र मर्मस्पर्सी मानिएको छ।
स्वर्गीय धकेन्द्र मगरको स्टाटस जस्ताको तस्तै
मात्र एक महिना पहिला अर्थात फ्रेबुरी १० तारिखमा लेखेका थिए ।
न उथानु है मेरि प्यारी म सुतेको बेला !
धर्ती छोदी सोर्ग लोग्मा पुगेको बेला !
हराउने छु त्यो दिन नखोज्नु है मलाई !
तिम्रो दिल भन्दा बाहिर म लुकेको बेला !
बार बर आँसु नझारे म पुछ्न सक्ने छैन !
ती आँखा बात आँसु मुल फुतेको बेला
😂😂🙈आखिर जे लेखे त्यस्तै हुन पुग्यो यस्ता भावुक पत्र हाम्रा लागि गुरुपाठ र साना सन्तती बालबच्चाको लागि एउटा सिकाईको पाठ रहनेछ।अन्त्यमा घरपरिवार प्रती गहिरो संबेदना,मृतक प्रती हार्दिक श्राद्वञ्जली।।