जुबेल (साउदी अरब) । तमु धि नेपाल, प्रवास शाखा साउदी अरबले आगामी २०८२ सालको तामु समुदायको मौलिक राष्ट्रिय पर्व “तमु ल्होछार” विशेष कार्यक्रमका साथ मनाउने भएको छ ।
संगठनका अनुसार ल्होछार कार्यक्रम आउँदो २०२६ जनवरी २ तारिक शुक्रबार साउदी अरबको पूर्वी प्रान्तस्थित सादी रिसोर्ट, सफ्वा जुबेल हाई वेमा आयोजना गरिने छ । यस अवसरमा तमु समुदायको मौलिक संस्कार र संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक प्रस्तुति रहनेछ ।
कार्यक्रमको प्रभावकारी सञ्चालनलाई ध्यानमा राख्दै सोही दिन अन्य संघसंस्थाले कुनै कार्यक्रम नगरी सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ । साथै, साउदी अरबका विभिन्न शहरमा बसोबास गर्ने तमु/तमुस्यो दाजुभाइ दिदीबहिनीलाई तमु धि साउदी अरबमा आवद्ध भई संस्थागत गतिविधिमा सहभागी हुन पनि आग्रह गरिएको छ ।