दुबईमा आफ्नै श्रीमानद्वारा छुरी प्रहार गरी श्रीमतिको हत्या
- २२ आश्विन, २०७७ २१:३६
- 22276 Views
युएई,
गत सेप्टेम्बर २५ का दिन दुबईमा आफ्नै श्रीमानले छुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । बैदेशिक रोजगारको सिलसिलामा विगत लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमायाँ मगर तामाङको गत २५ सेप्टेम्बर शुक्रबारका दिन बर दुबईमा बोलाएर आफ्नै श्रीमानले खुलेआम सडकमा हत्या गरिएका हुन् । उनी एक भारतीयको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन् । श्रीमानले शुक्रबारको दिन बर दुवईमा बोलापछि उनी खुसी हुँदै भेट्न् गएकि थिइन् । यसअघि पनि सामान्य वादविवाद चलिहेकै थियो । तर, शुक्रबार छुट्टीको दिन श्रीमानले भेट्न बोलाएपछि गौंमायाँ हर्षितका साथ उनलाई भेट्न् पुगेकी थिईन । बिचरीलाई के थाहा आफ्नै श्रीमानले छुरी प्रहार गरेर हत्या गर्लान् र त्यो भेट नै अन्तिम भेट हुनेछ्न भनेर, भावविह्ल हुँदै मृतककि छोरी दीपा पुन मगरले पिटी अनलाईन न्युजलाई जानकारी दिइन् ।
हाल उनको शव पोष्टमार्टमका लागि दुबई अल रसिदिया अस्पतालमा रहेको बताए कानूनी प्रक्रिया पूरा गरी शव छिट्टै नेपाल पठाउन सम्बन्धित निकाय समक्ष परिवारले अनुरोध गरेका छन्।
हामीसँग कुरा गर्दै मृतककी छोरी दीपाले प्रदेशको ठाउँमा मलाई यहाँको कानुनी प्रक्रिया बारेमा केही पनि जानकारी छैन जसरी हुन्छ मेरो सानी आमाको शव लाई नेपाल पठाउन आवश्यक सहयोग पहल गरिदिनको लागि युएई लागि नेपाली राज दूतावास लगायत गैरआवासीय नेपाली संघ (एनआरएनए) त्रिशुली समाज युएई, नेपाली समाज युएई लगायत विभिन्न क्रियाशील संस्थाहरुलाई गुहारेकी छिन्।
कसरी पुगीन् गौंमायाँ तामाङ मगर घरेलु कामदार को रुपमा युएईमा ?
नेपाल श्रम तथा रोजगार मन्त्रालयका अनुसार खाडी मुलुकमा घरेलु कामदारको लागि श्रम स्वीकृति हाल अनुमति दिएको छैन। उनी भिजिट भिसा मार्फत युएई पुगेकि र दलालमार्फत एक भारतीयको घरमा काम गर्दै यसबीचमा चन्द्र लिम्बूसँग भेट भएपछि केही समय पश्चात एक आपसि सहमतिमा मन्दिरमा गएर विवाह समेत गरेको बताएको छ। यद्यपि नेपालको प्रचलित कानुन अनुसार कुनैपनि कागजपत्र विवाह दर्ता भने नरहेको बुझिएको छ ।
को हुन् हत्यारा अपराध चन्द्र लिम्बू ?
झापा जिल्ला घर बताउँदै आएका चन्द्र लिम्बू दुबईको एक कम्पनीमा सेक्यूरिटी गार्डमा काम गर्दै आएका थिए । घरमा छोरा एक छोरी समेत रहेको हल पहिलो श्रीमतीलाई छोडपत्र गराएको नेपालको कानुन अनुसार बुडाले बुडिलाइ छोड्पत्र गर्दा छोराछोरीको पालनपोषणका लागि सम्पूर्ण खर्च श्रीमानले बेहोर्नु पर्ने प्रावधान रहेको छ ।
अहिले लिम्बुलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
अब शव नेपाल कसरी लैजाने के छ कानूनी प्रक्रिया ?
हामीसँग कुरा गर्दै त्रिशुली समाज युएई अध्यक्ष सम्पर बहादुर तामाङले दुबई प्रहरीले पुष्टि गरिसकेका छन् हत्या हो भनेर र दलालमार्फत घरेलु कामदारमा भिसा लगाएको भएकोले भिषा क्यानसिल गर्नको लागि केहि समय लाग्ने अस्पतालबाट पोष्टमार्टम रिपोर्ट सम्पूर्ण कागजपत्र तयार पारी नेपाली राजदूतावासमा जानकारी गराई दूतावासले नो अबजेक्सन लेटर (एनओसी) पछि मात्र हुने बताए।
लास नेपाल पठाउन करिब १२ हजार दिराम नेपाली ४ लाख ७५ हजार लाग्ने बताइएको छ । यदि दुबईमै अन्त्येष्टि गर्दा ४५०० दिराम दिराम, नेपाली १ लाख ५० हजार रुपैयाँ लाग्ने बताइएको छ ।