उद्वार गरि नेपाल पुगे भनिएका जाजरकोटको राना साउदी जेद्वामानै अलपत्र ( भिडियो सहित )
- ९ माघ, २०७८ ०१:१८
- 10517 Views
जेद्वा,साउदी अरेबिया।
केही दिन देखी बिरामी अबस्थामा समाजिक संजालमा भिडियो भाइरल भएका एक नेपालीलाई उद्वार गरि नेपाल फर्काइयो भन्ने खबर झुठो रहेको पाइएको छ। अहिले बिरामी जेद्वामा रहेका र उनको उद्वारका लागी दूतावास तथा संघसंस्थालाई पहल गरिदिन अनुरोध गरेको छ । उनलाई पहिला स्वास्थ्य उपचारको आबस्यकता रहेको प्रत्यक्ष भेट गरेका साउदी अरेबिया हामी नेपाली ग्रुपका एडमिन सिके चुदालीले पिटि अनलाईन न्युजलाई जानकारी दिनु भएको छ।
जाजरकोटको भेरि नगरपालिका राउत गाउँका आयुश राना २५ महिना अघि न्यु वल्ड ओभर्जिस काठमाडौबाट साउदीको जेद्वा आएका थिए। उनी कार्यरत कम्पनीले इकमा पनि नदिएको कन्ट्र्याक्ट सकिदा समेत नेपाल पनि नपठाएकोले काम छोडेर बसेका थिए। भिडियो/ तस्वीर :सिके चुदाली
उनी बिगत १८ महिना देखि विरामी हुँदै आएको र पछिल्लो केही दिनमा बिमारीले च्यापेपछीको भिडियो उनको साथीले सामाजिक सन्जालमा पोस्ट गरेपछि भाईरल भएको थियो। भिडियो भाइरल भएपछि उनको उद्वार भइ काठमाडौ पुगेको समाचार बाहिरिएको थियो। तर उनी साउदीमा नै रहेको जानकारी पाएपछि एनआरएनए साउदीका अध्यक्ष डमर यादबले जेद्वा स्थित महाबाणिज्य दूतावासमा उनको बारेमा जानकारी लिएको पिटि अनलाइन न्युजलाई बताउनु भएको छ।अध्यक्ष यादवका अनुसार चाडो भन्दा चाडो बिरामीको उद्घार गरि उपचार गरिने बताउनु भएको छ।
उनको कम्पनीमा कार्यरत ९ नेपाली मध्ये १ जना लमिन लामाको गत बिहीबार उडान भइ नेपाल पुगेको र ६ जनाको यहि २५ जनवरीमा उडान हुने महाबाणिज्य दूतावासले जनाएको छ। लामाको साथ टिकट भएको रानाको चाहिँ साउदी पुलिसमा मुद्दा रहेको हुनाले एक्सिट लाग्न नसकेको केही हप्ता भित्र मुद्दा मिलाउन समय लाग्ने दूतावास स्रोतले जानकारी दिएका छन् ।
दूतावासले रानालाई पेट दुख्ने बिरामी भएपनि डाक्टरका अनुसार जटिल रोग भने नभएको जनाए पनि उनलाई प्रत्यक्ष भेटेका साउदी अरेबियामा हामी नेपाली ग्रुपमा एडमिन सिके चुदालीका अनुसार पेट दुखेर छटपटी रहेको बताउनुभएको छ। उहाँका अनुसार रानालाई शुरुमा वाकवाकी लाग्ने ,भोमिट होला जस्तो हुने ,पेट दुख्ने र पेट दुखीसके पछी होश नहुने छट्पटी गर्ने , बेहोस हुने गरेको रहेछ। उनलाई नेपाल उद्वार गर्नु भन्दा पहिला उपचार अवस्यक रहेको बताएको छ।
बिरामीको अबस्था जटिल रहेको हुदा दूतावासलाई समन्वय गरेर उपचार गर्न एनआरएएन साउदी तयार रहेको र सेल्टरमा राखिने बताउनुभयो।बिरामी रानाको कम्पनी बेखबर ,अकमा नभएको र तोकल्ना एप नि नभएको हुदा उपचार गर्न गाह्रो रहेको पाएको छ।रानाको बारे साउदी स्थित एनआरएनए लगायत संघ/संस्था तथा सामाजिक ब्यक्तित्वले जेद्वा स्थित महाबाणिज्य राजदूतावासलाई उद्वारकोलागि अनुरोध गरेका छन् ।