नया ठिमी चोकमा ५ बर्षे बालक भेटियो (आफन्त सम्म पुर्याउन सबैले शेर गरिदिनु होला)
पिटि अनलाइन न्यूज
- १८ भाद्र, २०७६ २२:३८
- 21536 Views

काठमाडौ, भदौ १८
आज बेलुकी करिब ६ बजे तिर नया ठिमी चोकमा अन्दाजि ५,६ बर्षको बालक भेटीएको छ। सिन्धुली घर बताउने बालक अशोक तामाङ लाई नया ठिमी चोकमा एक्लै रोडमा रोइरहेको अवस्थमा भेटेको स्मृति पाख्रीनले पिटी अनलाइन खबर संग कुरा गर्दै जानकारी गराउनु भयो ।
बाबाको नाम रामे तामाङ र आमाको नाम जमुना तामाङ भनेर उक्त बालकले बताएको तर बाबा र आमा दुवै जना गाउँ जान्छु भनेर एक्लै छोडेर गएको भएपनि आज ५ दिन बिति सक्दा सम्म बाबा आमा फर्केर कोठामा नआएको हुँदा बाबु बिचल्लीमा परेकोले एक्लै सडकमा रोईरहेको देखेर आफुले सोध पुछ गर्दा बालक एक्लै भएको थाहा पाए पछि दया लागेर आफ्नो कोठामा ल्याएर सुरक्षित संग राखिरहेको बताईन।
यो रिपोर्ट तयार गर्ने बेला सम्म बालक च्यमेसिङ्ग स्थित स्मृति पाख्रिन संग सुरक्षित रहेको छ । यदि जो कोहिले चिन्नु भयो भने तलको नम्बरमा सम्पर्क गरेर आफन्त सम्म पुर्याई दिनुहुनको लागि उनले हार्दिक अपिल गर्नु भएकी छिन | सम्पर्क नम्बर ९८६३४२५५८६ मा फोन गर्नु होला । धन्यवाद ।
उक्त बालक लाई आफन्त सम्म पुर्याउनको लागि सहयोग को अपिल गर्दै पार्खिन ले आफ्नो फेसबुकमा यसरि स्टाटस लेखेकी छिन |