नुवाकोट। नुवाकोट जिल्ला तेक्वान्दो संघको पाँचौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । जिल्लामा रहेका डोजाङ प्रमुखहरूको सरसल्लाह र सहमतिमा अध्यक्ष शरण घले तामाङको नेतृत्वमा सर्वसम्मत रुपमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्ष शरण घले तामाङ, उपाध्यक्ष रामचन्द्र तामाङ, कोषाध्यक्ष सुमन श्रेष्ठ, सदस्यहरू सुजन मोक्तान, कविन्द्र कारन्जित, शर्मिला श्रेष्ठ, विशाल तामाङ र रन्जित तामाङ रहेका छन् ।
नव निर्वाचित पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।