पाँचौं कुपा कपको सेमिफाइनल र फाइनल खेल आज
रामचन्द्र तिम्सिना
- २१ आश्विन, २०८२ ०५:००
- 8 Views

सामरी भञ्ज्याङ /
धादिङ जिल्लाको नीलकण्ठ नपा -१४ स्थित कुपा खेलमैदानमा जारी पाँचौं कुपा खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज असोज २१ गते मंगलबार हुनेछ।
यसैगरी १० किलोमिटर लामो खुला मिनी म्याराथन प्रतियोगिता समेत आजै हुनेछ।
यहि असोज ११ गतेदेखि शुरु भयो उक्त फुटबल प्रतियोगितामा कुल ३२ टिमको सहभागिता रहेकोे थियो । जसमा आजै सेमिफाइनल र रोमाञ्चक फाइनल खेलहरू हुने तय भएको छ।
प्रतियोगितामा विजेता टिमले १ लाख १०० रुपैयाँ, आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। यस्तै, दोस्रो हुने टिमले ५० हजार १०० रुपैयाँ, र सेमिफाइनलमा रोकिएका दुई टिमले जनही १५–१५ हजार रुपैयाँ पुरस्कार स्वरूप पाउनेछन्।
त्यसैगरी, आज नै आयोजना हुने ५ किलोमिटर खुला मिनी म्याराथनमा विजेताले २३ हजार रुपैयाँ र दोस्रो हुनेले ११ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन।
तपाईको प्रतिक्रिया