जेद्दा, साउदी अरब: गैरआवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरबले नेपालीहरूको महान् पर्व दशैं तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी-भैलो कार्यक्रम – २०२५’ आयोजना गर्ने भएको छ।
संघले दिएको जानकारीअनुसार उक्त कार्यक्रम आगामी अक्टोबर २४, २०२५, शुक्रबार तदनुसार २०८२ साल कार्तिक ७ गते हुनेछ। विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई शुभकामना आदानप्रदान गराउँदै चाडपर्वको अनुभव महसुस गराउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो।
साउदी अरबको जिद्दास्थित लक्की दरबार रेस्टुरेन्ट सरफियामा हुने उक्त कार्यक्रम दिनको १ बजेदेखि सुरु हुनेछ। संघले साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।
विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दाले यस वर्ष पनि नेपाली परम्परा र संस्कृतिलाई जोगाउने प्रयास गरेको जनाएको छ। कार्यक्रममा उपस्थितहरूलाई भरपुर देउसी भैलो संस्कृतिक कार्यक्रमले मनोरञ्जन दिनेछ भने नेपाली परिकार सेल रोटी तथा खानाको पनि व्यवस्था रहेको आयोजक संघले जनाएको छ।