चुनाबको भेला नेताको पैसा खाने जनता र चुनाब जिते पछी देशको पैसा खाने नेता उस्तै हो ।
नेत्र न्यौपाने
- १९ बैशाख, २०७९ ०९:५४
- 127 Views

काठमाडौँ ।
जब स्थानीय निर्वाचनको तयारी गर्नको लागि नेपाल सरकारले आग्रह गरे तब नेता कार्यकर्ता सलबलाउन थाले। नामावली दर्ता हुनको लागि नेता र कार्यकर्ता दिनरात नभनी अहोरात्र खट्न थाले । नेपालमा बिकाश चाहियो भन्ने युवाहरु देखि टोले कार्तकर्ता हरुले दौडधुप गर्न थाले । स्थानीय निर्वाचन हुनको लागि केही समय मात्रै बाकी हुँदा विभिन्न खाले अर्थात विभिन्न उम्मेद्बारीले नामावली दर्ता गराएका छन। नेपाल अधिराज्य भरि ७५६ ठाउमा बैशाख ३० गते शुक्रबार स्थानीय निर्वाचन हुँदै छन। स्थानिय निर्वाचनमा उम्मेद्बारी दिने उम्मेद्वारहरुको पनि नामावाली प्रकाशित भए संगै सबै उम्मेदवारी हरु प्रचारप्रसारमा व्यस्त देखिन्छन ।
राजनीतिक दलहरुले कुनै ठाउमा चुनाबको तालमेल भन्दै गठबन्धन बनाए भने कुनै ठाउमा एक्लै एक्लै प्रतिस्पर्धा गर्न थाले । तर स्थानीय जनताले चाहेको र खोजेको उम्मेदवारी निर्वाचनमा थोरै स्थानले मात्रै पाए । कारण केहीले आफ्नो कार्यकालमा सेवा सुबिधा दिएको र बिकास गरेको दाबी गर्दै उम्मेद्वार दर्ता गरे भने कुनैले विभिन्न गमण्डीमा उम्मेद्बारी दर्ता गरे त कसैले आफ्नो नातेदारको पावरमा त कसैले पार्टी माथिल्लो केन्द्रको निर्णय भन्दै उम्मेद्बारी दर्ता गरे त कसैले आफ्नै पार्टी भित्रैको आन्तरिक झगडालाई लिएर पार्टी नै परित्याग गरि स्वतन्त्र बाट उम्मेदवार दर्ता गरे । त कसैले झुठो आश्वासन देखाएर आफ्नो टिकट सुरक्षित पारे । त्यसैले ७५६ ओटा स्थानीय निर्वाचन क्षेत्रमा विभिन्न किसिमको उम्मेद्बारीहरुले उम्मेद्वार दर्ता गराए ।
स्थानीय निर्वाचनमा आ आफ्नो स्थानमा सक्षम अनि दक्ष उम्मेद्बारीलाई भोट हाल्ने अधिकार नेपाली जनताको हो तर असक्षम अनि अदक्ष नेता नै स्थानीयको उम्मेद्बारी भए पछि कसरी नेपाली जनताले राम्रो नेतालाई भोट हाल्ने ? कतिपय स्थानमा कुनै न कुनै पार्टी बाट राम्रै नेताको उम्मेद्बारी परेको होलान् भने कति पय ठाउमा विविध कारण नराम्रो नेताको उम्मेद्बारी परेको होलान् त्यो फेरि छुट्टै विषयको कुरा हो तर यहाँ ५ बर्ष अगाडि यसै गरि विभिन्न नेताहरुलाई भोट दिएका नेपाली जनताहरु ५ बर्ष सम्ममा नेताले बोलेको काम अर्थात बिकास गरेन भन्दै कराउदै गरे तर उहीँ ब्यक्ति चुनाबमा पैसामा भोट बेच्ने कार्य गरेको देख्न सकिन्छन । त्यसैले यहाँ नेता भन्दा कार्यकर्ता खराब,कार्यकर्ता भन्दा जनता खराब देखिन्छन। यदी नेपाली जनता आफै सचेत नागरीक हो भने नेताले देश लुटेउ भनेर कराउनु बेकार छ । कारण नेता भन्दता कार्यकर्ता थोरै पैसामा बिक्यो कार्यकर्ता भन्दा झन थोरै पैसा ( एक छाक भात र २/४ हजार)मा जनता बिक्यो । त्यसैले यदी नेपाली जनता साचिकै नै सुद्रिने र बुझ्ने नै हो भने पैसा बाढ्ने नेता अनि कार्यकर्तालाई सबै ठाउमा बहिस्कार गर्न सक्नु पर्छ । अनि मात्र नेपालका नेताहरु सुद्रिन्छन र देश बिकाश हुन्छन नात्र भोट दिएर नेताले काम गरेन भन्दै विभिन्न सामाजिक संजालमा कराउनु जनता आफैमा घातक हो ।
साचिकै चुनाबमा सुरुवातको अवस्था देखि नै नेपाली जनता सचेत हुने हो र पैसामा किन्न खोज्ने नेताहरुलाई गाउँ गाउँबाट लखेट्ने हो भने मात्रै नेपालले राम्रो नेता पाउँछन् नात्र नेपाल सयौं बर्ष सम्म रेमिटेन्समा भर परेर बस्न बाध्य हुन्छन र बिदेशिको रिनमा देश डुबेर जान्छन ।
स्थानीय चुनाब नजिकिदै गर्दा नेपाल अधिराज्य भरि नेता गाउमा आउने भेलामा स्थानीयहरुले म मासु भात र २/४ हजार पैसामा मा बेचिन्न र म सक्षम अनि दक्ष नेतालाई भोट दिन चहान्छु र आफ्नो समाजमा पनि यसरी नै सबैलाई सम्झाउनु भन्ने सोचका साथ् अगाडी बढ्ने हो भने भ्रष्टाचार न्यून हुन सक्छन र भ्रष्टाचार गरेको खण्डमा बिरोध गर्न पनि उचित देखिन्छन । नात्र चुनाबको भेला नेताको पैसा खाने जनता र चुनाब जिते पछी देशको पैसा खाने नेता उस्तै हो ।
चुबावको भेला सबै जनताले मलाई एक छाक मासुभात र २/४ हजार पैसामा किन्न खोज्ने नेतालाई म बिद्रोह गर्छु कारबाही गर्छु भनेर इमानदार एउटा नेपाली भएर बस्नु पर्ने भेलामा बच्चा देखि बृद्ध सम्म नेताको एक छाक मासु भात र २/४ हजार पैसा खाने दाउमा बस्छन त्यसैले एउटा सचेत नेपाली जनताको पहिचान दिनको लागि कोसिस गरौ र अबको चुनाबको भेला देखि नै भ्रष्टाचार बिरुद्ध लागौ ।