रोमानिया घेदुङले फेब्रुअरी २ मा सोनाम ल्होछार मनाउँदै।
पिटि अनलाईन न्यूज
- १ माघ, २०८१ १०:४७
- 119 Views

डिवि तामाङ बुखारेष्ट, रोमानिया।
बौद्ध धर्मावलम्बी तामाङ समुदायको विशेष महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६१ औं डुल/स-पुख्री ल्हो अर्थात (सर्प वर्ग) को अवसरमा यहि फेब्रुअरी २ तारिखको दिन नेपाल तामाङ घेदुङ रोमानियाले सोनाम ल्होछार बृहत् सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त दिन रोमानियामा विभिन्न क्षेत्रमा कर्म गरिरहेका श्रमजीवी, व्यवसायीहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, पत्रकार,कलाकारहरु, बुद्धिजीवी तथा समाजसेवीहरु लगायत ल्होछार प्रेमी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई संस्थाका अध्यक्ष फुर्साङ लामा ले सादर निमन्त्रणा गरेका छन्।
त्यसैगरि संस्थाका महासचिव सम्झना लामा तामाङ ले विगतका कार्यक्रमहरु जस्तै ल्होछार कार्यक्रम लाई पनि भब्य रुपमा सफल बनाउन सवैको अथाह माया र साथ सहयोगको र उपस्थितिको अपरिहार्य रहेको बताउँदै सम्पूर्णमा सादर निमन्त्रणा गरेकी छिन। महासचिव तामाङले यो पर्व तामाङ समुदायको मात्र नभई राष्ट्रिय पर्व भएकोले यस किसिमको चाड पर्व हरुले एक अर्को समुदाय विचको भाईचाराको सम्बन्ध प्रगाढ बनाउने र अझै मैत्रीपुर्ण सद्भाव कायम गर्न ठुलो मद्धत पुग्ने हुँदा यस्तो बिशेष कार्यक्रम लाई सार्थक तुल्याउन सुन्दर, शान्त पारिवारिक वातावरणमा अर्थपूर्ण रुपमा सम्पन्न गर्नको निम्ति केही कसुर नरहोस् भन्ने हेतुका साथ हामि रोमानिया घेदुङ परिवार उच्च व्यवस्थापनको तयारीमा तीव्र गतिमा लागिरहेको बताईन ।
कार्यक्रम हुने मिति: ०२/ फेब्रुअरी/ २०२५ आईतवार
समय: बिहान ११ बजे देखि राती ८ बजे सम्म
स्थान: Resturent the president bucaresti