साउदीमा दोस्रो एनआरएनए कप -२०२४ हुँदै
- पिटि अनलाईन न्यूज
- २८ जेष्ठ, २०८१ ०८:४६
- 104 Views
दम्माम,साउदी अरब।
गैर आवासीय नेपाली संघ ,साउदी अरेबियाको आयोजनामा दोस्रो दोस्रो एनआरएनए गोल्डकप फुटबल २०२४ हुने भएको छ।
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व वकर इदको अवसरमा नेरु २ लाख ३३ हजार राशिको उपाधी रहेको प्रतियोगिता आगामी जुन १६ र १७ तारिख तुकवा खेल मैदान (खसी बजार नजिकै), खोबार शहरमा हुने एनआरएनए साउदीकी अध्यक्ष रविना अर्यालले जानकारी दिएकी छिन् । नकआउट विधिबाट खेलाइने प्रतियोगितामा २२ टिमले भाग लिने आयोजकले बताएको छ।
गोल्डकपको प्रथम पुरस्कार राशी ६ हजार ६६६ साउदी रियाल, द्वितीय पुरस्कार ३ हजार ३३३ साउदी रियाल, तृतीय पुरस्कार १ हजार ६१६ साउदी रियालसँगै विभिन्न मेडल तथा सम्मान पत्र रहेका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत नेपाली श्रमिक फुटवल खेलाडीहरूको खेल प्रतिको क्रेजलाई ध्यान दिदै दम्माम ,रियाद , जेद्वा लगायत नेपाली बाहुल्य शहरमा प्रतियोगिता आयोजना हुँदै आईरहेको छ।