नवलपरासी समाज युएईद्वारा तीज मिलन कार्यक्रम भब्यताको साथ मनायो |
पिटि अनलाईन न्यूज
- २७ भाद्र, २०८० ०५:१३
- 36 Views

युएई।
नवलपरासी सेवा समाज युएईले तीज मिलन कार्यक्रम भब्यता सम्पन्न गरेको छ |
समाजका बरिस्ठ उपाध्यक्ष सीता बरालको अध्यक्षतामा युएईको बरदुबइमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो।
रोजगारीको सिलसिलामा बिदेशी भूमिका रहेर पनि आफ्नो चाडपर्ब रितिरिवाजलाई संरक्षण गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि तथा समाजका अध्यक्ष भुपराज दुम्रेले जानकारी दिए | सोहि अवसरमा पश्चिम नवलपरासीको सरवल गाउँपलिका वडा न १ स्थित सरस्वति आधारभूत बिधालयमा आर्थिक स्थिति कमजोर भएको विधार्थीहरुको लागि रु ५१ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरेको अध्यक्ष दुम्रेले बताए।
कार्यक्रममा नवलपरासी निवासी बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहनु भयका दाजुभाई दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको समाजका ठग प्रसाद दुम्रेले जनाए | त्यसैगरी उपाध्यक्ष अतित भुसालले तीज मिलन कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभर ब्यक्त गरे।
कार्यक्रममा बिबिध कार्यक्रमहरु प्रस्तुत गरिएको थियोे । सास्कृतिक बिभाग प्रमुख पार्वती पंगेनी र महिला उपाध्यक्ष कोपिला सापकोटाबाट स्वागत गित प्रस्तुत भयको थियो भने कार्यक्रममा बिशिस्ठ अतिथिमा बिभिन्न जिल्लाकासंस्थाका प्रतिनिधिहरु, हिमालयन ज्वेलर्सका संचालक व्यवसायी गोपिचन्द्र भुसाल लगायत समाजका संरक्षक र सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो |
समाजले स्थापनाकाल देखि गरिब जेहेन्दार बिद्यार्थी मृगौला पिडित, क्यान्सर पिडितको साथै विद्यालयमा अक्षय कोषको स्थापना गर्ने लगायत बृद्धाश्रममा सहयोग गर्दै आईरहेको छ।