सुदूर पश्चिमेली समाजले गर्यो वाणिज्यदूत पौडेलको विदाई तथा सम्मान
पिटि अनलाईन न्यूज
- २४ भाद्र, २०८० ०१:३८
- 46 Views

जेद्वा।
साउदी अरेबियामा नेपालीको श्रमिकहरुको राहत तथा उद्वारमा सक्रिय सुदूर पश्चिमेली नेपाली समाजले बाणिज्यदूत भुवन पौडेललाई एक कार्यक्रम गरि बिदाई तथा सम्मान गरेको छ।
शुक्रबार जेद्वामा ४ बर्षको सफल कार्यकाल पुरा गरी नेपाल फिर्ता हुन लाग्नु भएका नेपाली महावाणिज्यदूतावास जेद्वा साउदी अरबका वाणिज्यदुत पौडेललाई समाजको अध्यक्ष खेमराज भट्ट लगायतको टिमले नेपाली श्रमिकरुलाई पुर्याउनु भएको योगदान कदर गर्दै बिदाई तथा सम्मान गरिएको समाजका सचीव केशव सिंह धामीले जानकारी दिए।
“महावाणिज्यदूतावास जेद्दा, साउदी अरबमा वाणिज्यदुत पदमा बहाल रहनु भई आप्रवासी श्रमिकको बाक्लो उपस्थिति र विषम भौगोलिक परिस्थितिमा आईपर्ने समस्या निराकरणका लागि सिमित स्रोत साधनका बाबजुद अहोरात्र खटेर कोरोना महामारीको सामना गर्दै नेपालीहरुको उद्वार, ब्यबस्थापन र बहिर्गमन प्रक्रियालाई कुटनीतिक पहलमा अतुलनीय भुमिका निर्बाह गर्नुका साथै विभिन्न संघ संस्थाहरु संग समन्वय र सहकार्य गर्न प्रशंसनीय भुमिका निर्बाह गर्नुभई ऐतिहासिक कार्य दक्षता प्रदर्शन गर्दै आफ्नो कार्यकाल पुरा गरि स्वदेश फर्कन लाग्नु भएकोमा यहाँको गरिमामय कार्यकौशलताको आप्रवासी नेपालीहरु र संघ संस्थाहरुले सदैव स्मरण गरिरहने छ,यहाँको उर्जाशिल र अतुलनीय योगदानको उच्च कदर गर्दै सगौरव सुदुरपश्चिमेली नेपाली समाज साउदी अरब परिवार यो प्रसंशा पत्र प्रदान गर्दछौं।” समाजले प्रदान गरिएको प्रसंशा पत्रमा उल्लेख गरिएको छ।
कार्यक्रममा समाजका अध्यक्ष भट्टले वाणिज्यदूत पौडेल र वहाँको श्रीमती निकिता गौतमलाई दोसल्ला र खादा लगाएर सम्मान गरेका थियो भने क्रमशः महासचिव केशव बहादुर सिंह ,सचिब केशव सिंह धामी, कोषाध्यक्ष राजेन्द्र पन्त र केन्द्रिय सदस्य बाबुराम रिजालले खादा लगाएर सम्मान तथा विदाई गरिएको थियो।
उक्त बिदाई कार्यक्रममा महावाणिज्यदूतावासका श्रम सहचारी ताम्राराज काफ्ले लगायत अन्य कर्मचारीहरु ,एनआरएनए साउदीका केन्द्रिय सदस्य ओम प्रकाश काफ्ले र एनआरएनए क्षेत्रीय समिति जेद्वाका उपाध्यक्ष चिरञ्जीवी बस्नेत लगायतको उपस्थिति रहेको थियो।