दिलमा वसेर छुरा प्रहार नगर भयो
अनेकथरी ती कुरा प्रहार नगर भयो।
टुटेर मुटु हेर याे टुक्राटुक्रा भईसक्याे
रुखाे वचन त्यो पूरा प्रहार नगर भयो।
छैन काेहि उस्काे लागि त भनेर मौका छाेपी
वेहाेसीमा हो टुहुरा प्रहार नगर भयो ।
रेटेर नै छियाछिया भएको छ छाती हेर
फुटेको धारिलाे चुरा प्रहार नगर भयो ।
दुनियाँ भईसक्याे पागल देखेर के के खै
ओ सुन्दरी यहाँ शुरा प्रहार नगर भयो ।
भगवती खनाल (सुनाखरी)
नुवाकोट