मलेसियामा जनवरी २९ तारिख सोनाम ल्होछार मनाउने
- डिबि तामाङ
- ६ माघ, २०८१ २१:३८
- 5 Views
मलेसिया।
नेपाल तामाङ घेदुङ मलेसियाले मन्जुश्री सम्वत् २८६१ औं डुल/(स- पुख्री) ल्हो अर्थात सर्प वर्गको अवसरमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरि भब्य रुपमा मनाउने भएको छ।
“बिश्व भरी छरिएर रहेको समस्त तामाङहरु एक हौ” आफ्नो भेषभुषा, भाषा, धर्म, संस्कार, कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा को साथ विगतका बर्षहरुमा जसरी यो वर्ष पनि नेपाल तामाङ धेदुङ मलेसियाले बौद्ध धर्मावलम्बी तामाङ समुदाय र नेपालको राष्ट्रिय पर्व सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम गरेर मनाउने तीव्र तयारी भैइरहेको संस्थाका सचीव सन्जिव तामाङले बताएको छ।
उक्त कार्यक्रम लाई भव्य मनोरञ्जनका साथ सफल बनाउन नेपाल बाट आमन्त्रित अतिथि कलाकार चर्चित सेलो गायक प्रकाश तितुङ तामाङको सांगीतिक प्रस्तुति हेर्न सुन्न पाईने भएका छ्न साथै स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने पिटि अनलाइन न्युज लाई सचीव तामाङले जानकारी गराए साथै उक्त कार्यक्रम यहि जनवरी २९ तारिख स्थान होटल ग्रान्ड कन्टिनेन्टलमा हुनेछ।
त्यसैगरी यस वर्षको कार्यक्रम पारिवारिक वातावरणमा सुरक्षा र व्यवस्थापन पक्षलाई ध्यानमा राखी सिमित रूपमा मात्र प्रवेश गर्न पाइने छ। सो कार्यक्रम मा प्रवेश गर्नका लागी दर्शक शुभचिन्तकहरुले आयोजकका पदाधिकारीहरु संग समन्वय गरि विभिन्न माध्यमबाट आफ्नो नाम तथा सबै विवरण टिपाएर मात्र कार्यक्रम हलमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको हुँदा आयोजकले उपस्थितिको लागि निमन्त्रणा गरेका छन।
उद्घोषकको भुमिका भने स्मारिका तामाङले गर्दैछिन।