जनमत पार्टीको प्रवासी संगठन गैर आवासीय मधेशी संघ, साउदी अरबको पाँचौँ महाधिवेशन सम्पन्न
पिटि अनलाईन न्यूज
- २६ जेष्ठ, २०८२ १३:११
- 9 Views

दम्माम, साउदी अरब। जनमत पार्टीको प्रवास सङ्गठन, गैर आवासीय मधेशी संघ (NRMA) साउदी अरबको पाँचौँ महाधिवेशन २०२५ जुन ७ तारिखका दिन मुस्लिम समुदायको महान् पर्व ईद अल-अधाको अवसरमा साउदीको पूर्वी क्षेत्र अल-खोबरमा भव्य रूपमा सम्पन्न भएको छ।
यो महाधिवेशन NRMA साउदीका इन्चार्ज कासिन्द्र पासमानको अध्यक्षतामा सम्पन्न भयो। गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका सल्लाहकार दिनेश साहु प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यस कार्यक्रमलाई Zoom भर्चुअल माध्यमबाट पनि सञ्चालन गरिएको थियो, जसमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सी.के. राउतले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू, NRMA साउदीका पूर्व सदस्यहरू र वरिष्ठ नेतृत्वको उल्लेखनीय उपस्थिति थियो। विशेष अतिथिका रूपमा NRMA अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. श्याम बाबू महतो, वरिष्ठ उपाध्यक्ष धिरज साह, महासचिव इ. रामदेव राय, तथा विजय यादव उपस्थित रहेका थिए।
महाधिवेशनबाट ३५ सदस्यीय नयाँ केन्द्रिय समिति गठन गरिएको छ, जसको अध्यक्षमा सर्वसम्मतिले कासिन्द्र पासमान चयन भएका छन्। सरुप मधेशी सह–अध्यक्ष, बिरछ दास महासचिव, गौतम महतो कोषाध्यक्ष, पप्पु कुमार यादव सह–कोषाध्यक्ष, तथा मोहित कुमार मण्डल प्रवक्ताको रूपमा चयन भएका छन्। अनुशासन विभाग प्रमुखमा दिनेश साहु रहेका छन्। वरिष्ठ उपाध्यक्षहरूमा मनि दास, अशोक महतो, सोनेलाल मण्डल, जय कुमार यादव रहेका छन् भने उपाध्यक्षहरूमा ई. सन्तोष कुमार मण्डल, बुधन साह, जयकुमार यादव, र शंकर यादव चयन भएका छन्। सचिवमा ई. मोतिराम यादव र लोक रञ्जन महतो, सह–सचिवमा लालबाबु महतो, सोमनाथ चौधरी, र कमल माझि, मिडिया संयोजकमा सन्तोष यादव तथा सह–मिडिया संयोजकमा शंकर पासमान रहेका छन्। सदस्यहरूमा स्माईल राइन, रबिन्द्र यादव, श्याम बाबू चौधरी, अहमद साफी, परमेश्वर कापर, मोहित साफी, रामनारायण मण्डल, हरिनन्दन महतो, शिवनाथ यादव र फेकु कापर रहेका छन्।
“परदेशमा मधेशीको साथी” भन्ने मूल नाराका साथ क्रियाशील गैर आवासीय मधेशी संघ हाल विश्वका ४४ भन्दा बढी मुलुकहरूमा सक्रिय रहेको छ। यो संस्था डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठनको रूपमा परिचित छ।
यस महाधिवेशनले साउदी अरबमा कार्यरत मधेशी समुदायलाई संगठित गर्दै सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतनाको विस्तारमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।