लुम्बिनी चिनी कारखानाको प्रदुषण नियन्त्रण गर्न स्थानीयको माग
पिटि अनलाईन न्यूज
- १३ मंसिर, २०८० १५:०३
- 94 Views

युवराज पुन,
नवलपरासी ।
लुम्बिनी चिनी कारखाना प्रदुषण नियन्त्रण संघर्ष समिति सुनवलले पत्रकार सम्मेलन गरेको छ।
सोमबार सुनवलमा पत्रकार सम्मेलन गरी संघर्षको कार्यक्रम घोषणा गरेको हो।
कारखाना २०४६ पुस १ गते बाट व्यावसायिक उत्पादन संचालन गरेको र २०६२ सालमा निजीकरण भए पश्चात प्रदुषणको अवस्था झन् बढेको हुनाले सुनावाल नगरमा बसोबास गर्ने ८० हजार जनताको स्वास्थ्यमा गम्भीर असर परेको साथै कारखानाको फोहर स्थानीय सोमनाथ खोलामा मिसाउने भएको हुनाले खोलाको पानि पिउनाले कैयौ पशु पन्छीहरुको दुषित पानीको पिउनाले मृत्यु भएको र महेशापुर सम्मका जनजीवनमा धेरै असर परेको सम्मेलनमा जानकारी दिएको छ।
कारखानाले स्थानीय जनताले पटक पटक गरेको गुनासोको सुनुवाई नगर्ने गरेको सरोकारवाला मन्त्रालयको मिति २०७२/०३/०२ को पत्र तथा प्रधान मन्त्रि तथा मन्त्रि परिषदको कार्यालयको मिति २०७२ /०३/२१ को पत्र जिल्ला प्रसासन कार्यालय नवलपरासी को २०७५/०७/१२ को पत्र सुनवल नगर पालिकाको कार्यालय को २०७२ /०३/०८ र २०७९/०९/१७ को पत्रमा उल्लेख गरिएका कुनै पनि कुरा कार्यन्वयन नगरेको बताउदै १५ बुदे सम्झौता कार्यन्वयन गर्नको लागि संघर्ष समितिले वाध्य भएर संघर्ष गर्नु परेको बताएको छ।
समितिका अनुसार नगरवासीको स्वास्थ्यमा असर पर्ने गतिविधिलाई सुधार नगरेमा संघर्ष समितिले १५ गते बाट ताला बन्दिको साथै धर्ना बस्ने सम्मेलनमा जनाएको छ।
सम्मेलनमा ध्रुब पराजुली ,संसद खडक बस्नेत ,प्रदिप अर्याल ,टेक प्रसाद नेउपाने र राधा केशीले कारखानाले स्थानीय समुदायलाई पारेको प्रभावबारे आफ्नो भनाई राखेका थिए