जनप्रगतीशिल मोर्चाद्वारा क्यान्सार पीडित थिङलाई र्आर्थिक सहयोग
पिटि अनलाईन न्यूज
- ९ आश्विन, २०८० १२:१२
- 182 Views

दम्माम , साउदी।
मकवानपुरका क्यान्सर पीडित सानुमाया थिङलाई नेकपाका प्रवास संगठन नेपाली जनप्रगतीशिल मोर्चा साउदीले आर्थिक सहयोग गरेको छ।
मोर्चाका पूर्व महासचिव तथा हाल नेकपा मकवानपुरका जिल्ला सदस्य कैलाश मैनाली किशु सीको अनुरोधमा साउदी मोर्चा तथा शुभचिन्तकबाट संकलन भएको नेरु ३४ हजार ५ सय २७ पीडित बिरामीलाई हस्तान्तरण गरेका साउदी अध्यक्ष तोयाराज भट्ट मिलन सीले जानकारी दिए।
विगत लामो समयदेखी थाइराइड क्यान्सर पिडित अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सूर्य सीकी भाउजू तथा गोपाल गोलेकी श्रीमती सानुमाया थिङको उपचारका लागि मोर्चाले उक्त सहयोग रकम उपलब्ध गराएको हो।
मोर्चाका सल्लाहकार सेते घर्ती मगर कसम सी र अध्यक्ष मिलन सीको नेतृत्वमा जम्मा भएको सहयोग रकम मोर्चाका पूर्व महासचीव तथा नेकपा मकवानपुरका जिल्ला सदस्य कैलाश मैनाली किशु सीले पार्टीका पोलिटव्युरो सदस्य तथा नारायणी व्युरो इन्चार्ज एटम सीलाई उपलब्ध गराएका छन् । उपलब्ध रकमलाई पिविएम एटम सीले पार्टीका जिम्मेवार नेतृत्वहरुका साथ बिरामीको परिवारलाई हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय मोर्चाले पीडित बिरामी तथा साउदीमा समस्या परेका श्रमिकको राहत तथा उद्वारमा सक्रिय रहेको छ।