नवलपरासी समाज युएईले गर्यो असक्त तुलसी प्रसाद बस्याललाई आर्थिक सहयोग
- पिटि अनलाईन न्यूज
- २४ भाद्र, २०८० ०२:१६
- 81 Views
नवलपरासी पश्चिम।
नवलपरासी सेवा समाज युएईले असक्त तुलसी प्रसाद बस्याललाई आर्थिक सहयोग गरेको छ।
शनिबार बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी निवासी अशक्त तथा आर्थिक स्थिति कमजोर भयको बर्ष ५० को तुलसी प्रसाद बस्याल लाइ नगद रु ३१ हजार
समाजले एक कार्यक्रम वीच हस्तान्तरण गरेको छ।
हस्तान्तरण कार्यक्रम संस्थापक अध्यक्ष मित्रलाल पाण्डे को अधयक्षता .लुम्बिनी प्रदेश सीटिभीटि परीक्षक बिमल ढकालको प्रमुख आतिथ्यतामा नवलपरासी खबरको सम्पादक कल्पना खरेल र सुस्मा क्षेत्री र संस्थाका पदाधिकारीहरु प्रचार प्रसार बिभाग प्रमुख मनोज पाण्डे ,आजीवन सदस्यहरु दयाराम डुम्रे ,कृष्ण बस्याल र गंगा बस्याल र स्थानीयहरुको उपस्थितिमा नगद सहयोग हस्तान्तरण गरिएको थियो भने कार्यक्रम सन्चालन समाजको नेपाल प्रतिनिधि युवराज पुनले गरेका थिए।
समाज २०७३ सालमा स्थापना भएपछी बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रोजगारमा रहेका जिल्लाका सदस्यहरु मिलेर संस्थामा आबद्द भएर मासिक लेबीको रुपमा जम्मा भयको रकमबाट वृद्वा आश्रम ,विद्यालयमा अक्षयकोष खोल्ने गरिब तथा जेहेन्दार बिद्धार्थी हरुलाई सैक्षिक सामग्री सहयोग,मृगौला फेल भएका ,क्यान्सर पिडित लाइ सहयोग ,कोरोनाकाल राहत वितरण गर्ने जस्ता परोपकारी कार्यमा सहयोग गर्दै आईरहेको छ।
यसरि गरिने सहयोगको दुरुपयोग नहोस भनेर समाजले वितरण पूर्व अनुगमन गर्ने गरिन्छ र सहयोग गरेपश्चात पनि अनुगमन गर्ने गरिएको जानकारी दिएको छ।
समाजमा युएईमा रोजगारीमा गर्ने सबै ७ पालिकामा बसोबास गर्ने र यहि बसेर पनि सदस्य बन्न पाइने सुबिधा रहेको छ।