सेप्टेम्बर ८ मा तीज विशेष कार्यक्रम गर्दै समान्तर साउदी एनआरएनए
- पिटि अनलाईन न्यूज
- १९ भाद्र, २०८० ०१:०८
- 218 Views
दम्माम,साउदी अरब।
गैर आवासीय नेपाली संघ ( एनआरएनए ) एनसीसी साउदी अरेबियाको समान्तर समितिले अरेबियामा रहेका नेपाली चेलीहरु नेपालकै झल्को दिन तीज तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
गत अगस्ट २८ गते दम्माम महाधिवेशनबाट निर्वाचित नव समितिले आगामी शुक्रवार , ८ सेप्टेम्बर बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म साउदीको पुर्बी क्षेत्र दम्माम सिको नजिकै रोज गार्डेन होटेलमा कार्यक्रम आयोजना गरिन लागेको तथा कार्यक्रमको पुर्व तयारी पूरा भएको आयोजकको तर्फबाट अनुजा बुढाथोकीले जानकारी दिए।
कार्यक्रमको लागि साउदीमा सक्रिय संघ/संगठन तथा सामाजिक ब्यक्तित्वलाई निमन्त्रणा गरि सकेको कुनै कारण बश निमन्त्रणा नपुगेको भए ,यसै सूचनालाई आधार मानी उपस्थित हुन सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा बुढाथोकीले आग्रह गरेकी छिन्।
नेपाली संस्कृति अनि मौलिकता बोकेको नेपाली पर्व हरीतालिका तीजको कार्यक्रममा स्थानीय कलाकार संगै नाच्दै गाउदै तथा दर खाने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
उक्त दिन साउदीको राजधानी शहर रियादमा पारिवारिक समाज साउदीले र पुर्बी क्षेत्रको खोवारको गल्फ दरबार होटेलमा दिदीबहिनी समूह साउदीले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।