चितवनको इच्छाकामनाबाट २३ तेक्वान्दो खेलाडी भारतको जलपाइगुरी प्रस्थान
पिटि अनलाईन न्यूज
- ८ भाद्र, २०८० २२:४५
- 41 Views

धादिङ।
चितवनको इच्छाकामनाबाट भारतको पश्चिम बंगालस्थित जालपाइगुरीमा हुने ‘पहिलो जालपाइगुरी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२३’ मा भाग लिन २३ जना खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त खेलमा धादिङ कटुन्जेका सुजित गुभाजु र सुजिता गुभाजु सहभागि भएको छ। उनीहरु इच्छाकामनाको प्रगति पाठशालामा अध्ययनरत रहेको छ।
शनिबार र आइतबार दुई दिनसम्म चल्ने अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा भाग लिन खेलाडीहरु शुक्रबार बिहान टिम लिडर मेलिना गुरुङको नेतृत्वमा खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा भाग लिने खेलाडीहरुमा लिलामाया मगर (४९–५३ किलो तौल समूह), प्रशंसा सिलवाल (५२–५५ किलो तौल समूह), मेलिशा ठकुरी (४६–४९ किलो तौल समूह), रजनी ठकुरी (५९–६३ किलो तौल समूह), मोनिका ठकुरी (४७–५१ किलो तौल समूह), निशाना समैमगर (४९–५१ किलो तौल समूह), संगम श्रेष्ठ (अन्डर ५४), किसान चेपाङ (५८–६३ किलो तौल समूह) र ईश्वर गुरुङ (४९–५३ किलो तौल समूह)का छन् ।
त्यसैगरी अन्य खेलाडीहरुमा सुमित शाह (५९–६३), ईश्वर मगर (६८–७३), सुजन परियार (अन्डर ५४), प्रितम गुरुङ (६३–६८), आराध्या सिलवाल (४७–५१), देवेन्द्र गुरुङ (६८–७३) मीन थापा (अन्डर ५४), राहुलसिंह गुरुङ (५१–५५), सुजित गुबाजु (२३–२५), सुजिता गुबाजु (५१–५५), प्रिया गुरुङ (अन्डर ४२), अभिषेक बोहोरा (४३–४८) र सागर तिवारी क्षेत्री (५४–५८) किलो तौल समूहका रहेका छन् ।
खेलाडीहरुलाई शुक्रबार बिहान इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ र उपाध्यक्ष माया सिलबालले टीका लगाई पुष्पगुच्छा दिएर विजयको शुभकामना दिँदै विदाइ गरेका थिए ।