स्वदेशी बजारमा चामलको आपूर्ति बढ्दै गएपछि भारत सरकारले गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ।
बिहीबार विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा गैर-बासमती सेतो चामलको निर्यातमा रोक लगाइएकाे जनाएकाे छ।
भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ।