दङ्गीशरण गाउँपालिकाको फुर्केशल्लीमा बिजुली पुगेपछि स्थानीय हर्षित
पिटि अनलाईन न्यूज
- २० जेष्ठ, २०८० ०७:५६
- 239 Views

प्रमोद आचार्य ,दाङ।
दाङको दंगीशरण गाउँपालिका १ को दुर्गम स्थानको रुपमा चिनिने फुर्केशल्लीमा बिजुलीको पहुँच पुगेको छ । बिजुली पुगेपछि त्यहाँका स्थानिय वासीन्दा हर्षित भएका छन् ।
फुर्केसल्लीका स्थानीय वासीन्दा हालसम्म पनि टुक्की र पानसमा दियो बालेर बस्ने बाध्यता थियो । अब उक्त स्थानमा बिजुली पुगेपछि त्यहाँका जनताहरु बिजुलीको पहुँचबाट मुक्त भएका छन् । उनीहरुको टुक्की र पानस बाल्ने समस्या समाधान भएको छ । फुर्केसल्लीमा बिजुली पुगेपछि त्यहाँका स्थानीयको दैनिकी सहज हुने दंगीशरण गाउँपालिका वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताए । दंगीशरण गाउँपालिकाको पहलमा पोल तथा तार बिस्तार गरिको थियो । उक्त स्थानमा ६० बर्षपछी विद्युतको पहुँच पुगेको हो ।
शुक्रबार एक कार्यक्रमकाबिच विद्युत लाइनको उद्घाटन गरिएको छ । विद्युतको उद्घाटन गाउँपालिका अध्यक्ष सम्भु गिरी, उपाध्यक्ष पिमा खड्का, प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई, वडा न ६ का वडा अध्यक्ष रोशनजंग शाह, विद्युत् कार्यालयका कर्मचारी प्रकाश देबकोटा र वडा अध्यक्ष रमेश भण्डारी सहितको टोलीले पोल, तार र प्राबिधिक पक्षको अनुगमन गर्दै विद्युत लाइनको उद्घाटन गरेको हो । अहिलेको समयमा पनि आफ्नो पालिकाको एउटा वडा जहाँ विद्युतको पहुँच नपुगेको प्रती दुखी हुदै प्रमुख गिरीले चुनावी नारामा गरिएको प्रतिवद्धता पुरा गर्न सकेकोमा हर्षित भएको बताएका छन् ।
त्यस्तै उपाध्यक्ष पिमा कुमारी खड्का र सम्बन्धीत वडा अध्यक्ष रमेश भण्डारीले आफुले चुनावी प्रतीबद्द्ता अनुसारका कामहरुलाई निरन्तरता दिने क्रममा ६० बर्षदेखी विद्युतबाट बन्चित रहेका जनताको सपना पुरा गर्न पायकोमा खुशि भएको बताए । पालिकाले पहिलो बर्ष पिछडिएका ठाउँ जहाँ विद्युत, संचार र खानेपानी जस्ता कुराहरुको पहुँच पुग्न नसकेको ठाउँ र वडाहरुलाई प्राथमिकतामा राखेर विकासको कामहरु अगाडि बढाए बताए । साथै यस बर्ष वडा न १ मा विद्युत, संचार र स्वास्थ्य इकाईको सुविधा पुर्याइयको अध्यक्ष गिरीले बताए ।
यसैबिच वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले फुर्केशल्ली वासीहरुलार्इ तत्काल मिटर बक्स जडान गर्न र आबेदन दिनुपर्ने फारामहरु भर्न आग्रह गरेका छन् ।