पाँचौ साफ च्याम्पियनको फाइनलमा नेपाल भारतसँग ३-१ले पराजित
पिटि अनलाइन न्यूज
८ चैत्र, २०७५ १२:१५
478 Views
नुवाकोट,विराटनगरमा जारी पाँचौ महिला साफ फुटबल च्याम्पियनिसपको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ । आज दिउसो करिब ३:०० बजे शुरु भएको खेलमा नेपाल भारत सँग ३-१ को अन्तरले पराजित भएको हो ।खेलको पहिलो हाफमा १–१ को बराबरीमा समेटिएको खेल द्रोस्रो हाफमा पनि थप रोमाञ्चक भएको थियो । सुरुदेखिनै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर भने खेर फाल्यो। तर भारतले भने दोस्रो हाल्फमा थप दुई गोल गर्दै उपाधी विजेता बनेको हो ।नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल पाँच संस्करणमध्ये चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेल्दै छ ।
यसअघि लगातार चार पटक भारतले नै उपाधि जितेको थियो ।