काठमाडौँ
इन्डियन प्रिमियर लिग (आई.पी.एल.) को १३ औं संस्करण टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ।

युएईको अबुधाबीमा गएराति सम्पन्न उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो ।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गरेको ग-यो ।
चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै फापडु प्लेसिसले अविजित ५५ रनको अर्धशतकीय योगदान गरे । कोभिड19 ले गर्दा घरेलु मैदानमा हुन सकेको छैन ।
