नेकपाको नुवाकोटका एक दर्जन नेता तथ कार्यकर्ता कांग्रेस प्रवेश
- २ आश्विन, २०७७ ०१:१४
- 613 Views

नुवाकोट
नुवाकोट जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विदुर नगरपालिकाको तुप्चेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् । नेकपा छाडेर कांग्रेस प्रवेश गरेका उनीहरूलाई सभापति केसीले नयाँ सदस्यता दिनुका साथै अबिर र खादा लगाइदिएर पार्टीमा स्वागत गरेका छन् ।सभापति केसीले नेकपाले निर्वाचनका बेला जनतालाई छलकपट गरि ढाँटेकोको बताए। कम्युनिस्टहरूको सबै हर्कत बुझेपछि नेकपाबाट नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्न थालेको केसीले बताए ।
नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा कुमारी विश्र्वकर्मा, दावा तामाङ, सविना पराजुली, विनोद विश्र्वकर्मा, रोमबहादुर तामाङ, बोधबहादुर तामाङ, जितबहादुर तामाङ, गणेश नेपाली, लोकबहादुर लोहार, ओसन नेपाल, भरत श्रेष्ठ, सुरेन्द्र अधिकारी र श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।
सरकार अधिनायकवादतर्फ उन्मुख भएको र उसले गरेको काम अलोकप्रिय भएसँगै आफुहरु नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेको पार्टी प्रवेश गरेका युवाहरुले बताएका छन् । पछिल्लो समय नुवाकोटमा कहिले नेकपा त कहिले कांग्रेस पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।