प्रेम इजमको अध्यक्षतामा साउदी अरब दमाममा लिम्बुवान फुटबल क्लब गठन
पिटि अनलाइन न्यूज
- १४ जेष्ठ, २०८१ २३:४०
- 119 Views

दमाम,
साउदी अरबको पुर्वी क्षेत्र दमाममा प्रेम इजमको अध्यक्षतामा लिम्बुवान फुटबल क्लब गठन गरिएको छ ।
गत शुक्रबार लोकेन्द्र फियाकको अध्यक्षतामा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुको प्रमुख आतिथ्यमा बसेको भेलाले प्रेम इजमको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति सहित क्लब गठन गरिएकाे थियो ।
बरिष्ठ उपाध्यक्षमा रतन राई, उपाध्यक्षहरूमा मनोज राई, प्रकाश काप्री, सचिवमा तुलशी लिम्बू, सह-सचिवमा हेम मगर, अर्थसचिवमा शुक्र लिम्बू, सहअर्थसचिवमा लोक लिम्बु रहेका छन् भने सदस्यहरूमा मन कुमार बिश्वकर्मा, राम सुनार, राजेस भन्डारी, अर्जुन राई, हेम राई, दिपेन लिम्बू, सबिन लिम्बू, सुरज लिम्बू, राजेश एक्तेन लिम्बू, अशोक राई, सुरेस फियाक, बिजय धिमाल, सुरेस लिम्बू, जोगेन्द्र मगर, इन्द्र लिम्बू र गणेश सुनार रहेका छन् ।
त्यसै गरि क्लबको संरक्षकमा श्रीप्रसाद यावा लिम्बू रहेका छन भने प्रमुख सल्लाहकारमा राजेश सेन्दाङ, सल्लाहकारहरूमा मनि चेम्जोङ, लोकेन्द्र फियाक र सुमन सहयात्री रहेका छन् ।
संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको माताहतमा रहनेगरी उक्त क्लब गठन गरिएको हाे ।