मलेसियामा नेपालीबाट नेपाली नै ठगिए १५००० रिंगेट
- पिटि अनलाईन न्यूज
- ८ फाल्गुन, २०८० १९:०९
- 49 Views
मलेसिया जोहोरबारु ।
यो घटना करिव ४ महिना अघिको मात्रै हो दाङ घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको जोहोर बारू भन्ने शहरमा (डि सेफ फोर्स) भन्ने कम्पनीमा सेक्युरिटी गार्डको रुपमा श्रम गर्न पुगेका अनिल कुमार बोहोरा त्यसैगरी ८ वर्ष अघि देखि सोही कम्पनीमा कार्यरत रहेका दोलखा जिल्ला गौरीशंकर गापा वडा नं ८ का दिपेश तामाङ संग भेट हुन्छ बिस्तारै एक अर्कामा परिचित हुन्छन संगै काम गर्ने संगै खाने एकै होस्टेलमा बस्ने भएपछी दुबैजना नजिकिँदै जान्छ मित्रताको बिस्वास बढ्दै जान्छ र दिपेश आनीबानी र उ संग घर नपठाईकन जम्मा गरेर राखेको पैसा बचत रहेको सम्म सुइँको पाईसकेको हुन्छ।
यसै क्रममा दिनहरु बित्दै जान्छ आफ्नो समकालीन मित्र बोहोरालाई दिपेशले गरेको बिस्वास नै जीवनको ठुलो भूल रहेछ भन्ने सावित हुन पुग्छ । एकदिन उसले दुवईमा आफ्नो सहोदर भाई लाई निकै अफ्ट्यारोमा परेको घटना सुनाउछन र आफ्नो भाई लाई जिवितै नेपाल उद्दार गर्न तत्कालै मोटो रकम बुझाउन आवश्यक परेको भन्ने बहाना बुनी ठगी गर्ने नाटक रच्छन अनि अनेकौं बिलौना गरेर रोइ कराउँछन् र १ हप्ताको लागि भनी मलेसियाको रिंगेट १५०००/- पन्ध्रहजार रिंगेट रकम सापटी मागेपछि आफ्नो साथीको भाइको जीवनको कुरा लाई सम्झेर, भावुक हुँदै साथीको रोदन लाई सहजै पत्याउछन र बर्षौको जम्मा गरेर राखेको पसिनाको कमाई साथीको दुख:मा सहयोग गर्छन विडम्बना हप्ता दिन नबित्दैमा कम्पनीले दुई जनाको काम गर्ने र बस्ने होस्टेल पनि बेग्लैबेग्लै ठाउँमा सिफ्ट गरिदियो ।
अनिल कुमार बोहोराको फेसबुक आईडी
त्यसपछी दिपेशले कल गर्दा बोहराले फोन ब्यस्तमा राखिदिने, फोन काटिदिने गर्दै पछी त सामाजिक संजाल र सबै तिर ब्लक नै गरिदिएछन यसरी सम्पर्क विहिन हुँदै लुकिछिपी केहि दिनमा बोहोरा नेपाल फर्कीसकेको कुरा कम्पनीको साथीहरुले जानकारी गराउनछन्, त्यसपछि दिपेश आफ्नै साथीबाट ठगिएको छर्लंग हुन्छ बोहोराको अहिलेसम्म निरन्तर खोजि कार्य गर्दा पनि हात लागे शुन्य भयो नत कल सम्पर्क भयो नत पैसा न फिर्ता भयो अनेकौं प्रयास हरु गर्दा समेत नभेटेपछि दिपेशले बाध्यतावश सम्बन्धित निकाय र मिडियामा गुहार माग्दै हिड्न परेको पीडित दिनेश तामाङले पिटी अनलाईन खबरका रिपोर्टरलाई बताए ।आफुले साथीलाई छिट्टै बिस्वास गरेर पछुतो लागेको र आफ्नो घरको व्यवहार भद्रगोल भएकोले जो कोहिले साथीको अनुहार हेरेर,बोलीकै भरमा कसैले कसैको झट्टै बिस्वास नगरौं भन्ने संदेश दिदै कसैले यी व्यक्तिलाई भेटेमा, कहाँ बस्छन भनेर जानकारी पाएमा सम्बन्धित निकायमा तथा सम्बन्धित व्यक्तिलाई तलको नम्बरमा सम्पर्क गरी खबर गरिदिन समेत पीडितले अनुरोध गरेका छन् । पिडीतको घरको +9779843282104, दिपेश तामाङ +601161323380
हालको करेन्सी सटही रेटदर अनुसार १५०००/- मलेसियन रिंगेटले झन्डै ने.रु, ४,१५०००/- पुग्छ।