कुवेतमा एक नेपाली घरेलु महिलाद्वारा झुण्डिएर आत्महत्या
- रामचन्द्र तिम्सिना
- ६ बैशाख, २०८१ १२:०४
- 161 Views
कुबेत।
कुवेतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन्
घरेलु कामादाररुपमा कार्यरत उन्स्ले आफू कार्यरत घरमै झुन्डिएर आत्महत्या गरेकी हुन्।
कुवेतको सुरक्षा श्रोतका अनुसार गृह मन्त्रालयको सञ्चालक कक्षले घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी घटनास्थलमा पुगेर घरेलु कामदारलाई कपडाको टुक्रा प्रयोग गरी झुण्डिएको अवस्थामा फेला पारेका अरब टाईमले जनाएको छ।
अहिले सम्म नाम थर र वतन नखुलेको उनको बारेमा नेपाली दूतावास स्रोतले जानकारी लिने प्रयास गरिएको बताएको छ।
कुबेतमा अत्यधिक कामले शारिरिक थकान, कतिपयको शारिरिक तथा मानसिक शोषण, पारिवारिक दवाब तथा बेमेलका कारण रोजगारीका लागि गएका नेपालीहरुले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। तर त्यसको निराकरणका लागि सरकारी निकायहरु उदासिन रहने गरेको रोजगारीमा गएका नेपाली कामदारहरुको गुनासो रहँदै आएको छ।
तपाईको प्रतिक्रिया