सहिद आङदेम्बे “माङतोक” को १६ औं स्मृति दिवस भब्यताको साथ सम्पन्न
पिटि अनलाईन न्यूज
- २२ आश्विन, २०८० ०६:५५
- 212 Views

कमल/बसन्त राज सुब्बा (झापा)
लिम्बुवानी रास्ट्रीय शहिद राज कुमार आङदेम्बे ”माङतोक” को १६ औं स्मृति दिवस भब्यताको साथ सम्पन्न भएको छ ।
संघीय लोकतान्त्रिक रास्ट्रीय मंच –संघीय लिम्बुवान प्रान्तीय मंच र मातहतको लिम्बुवान भोलेन्टियर्स (एल .भी.) केन्द्रीय कमाण्डको संयुक्त आयोजनामा झापा जिल्ला कमल -१ सानोकेर्खा स्थित शहिद माङतोकको समाधिस्थलमा १६ औ स्मृति दिवस मनाएको छ ।
कार्यक्रमको शुरुवात इलाम चुलाचुली एकमा रहेको माङ्तोक शालिकमा माल्यार्पण संगै महान राष्ट्रिय लिम्बुवान सहिद माङ्तोक अमर रहोस, कोशी प्रदेश खारेज गर भन्ने नारा लगाएको थियो भने उक्त शालिक र सहिदको बारेमा कमल चुलाचुली वडा.न.१ का जनप्रतिनिधि वडाध्यक्ष एवम सलोराम प्रान्तिय सचिवालय सदस्य ध्रुव लावतीले आफ्नो भनाई राखेका थिए। त्यसपछि झापा सानो केर्खा माङ्तोक समाधीस्थलमा आई औपचारिक कार्यक्रम भएको थियो।
स .लो .रा .मंच का उपाध्यक्ष तथा एल भी केन्द्रिय कमान्डर थाङसाङ लावतीको अध्यक्षतामा मन्चको बरिस्ठ उपाध्यक्ष ज्ञानु हांङ इम्बुङको प्रमुख आतिथ्यमा, किरात याक्थुंग चुम्लुंग झापा जिल्ला अध्यक्ष एबम प्रदेस न .१ पुन नामकरण संयुक्त संघर्ष समिति झापाका सचिब सेसेहांग फियाक को बिशेष आतिथ्य , विशिष्ट अतिथि, अतिथि विभिन्न पहिचानका सघ संगठन जातिय संस्था राई यायोखा दमक र चुलाचुली, माओवादी भात्री सङ्गठन लिम्बुवान किरात मुक्ती मोर्चा उपस्थितिमा सम्पन्न उक्त स्मृति सभामा बिभिन्न बक्ताहरुले आधुनिक कालका प्रथम लिम्बुवानी शहिद राज कुमार आङदेम्बे ‘’ माङतोक ‘’ को बलिदान र लिम्बुवान आन्दोलनको बिषयमा आ आफ्नो धारणा राख्नु भएको थियो।
लिम्बुवान लगायत पहिचानको आधारमा १०+१ प्रान्तहरु स्थापना गरियोस र संबिधान सभाको चुनाब लगायत राज्यको हरेक अंगमा पूर्ण समानुपातिक पद्दति लागु गर भन्ने माग सहित शुरु भएको लिम्बुवान बन्दको क्रममा २०६४ असोज २० गते झापा जिल्ला कमल -१ सानो केरखा मा शशस्त्र प्रहरीले गोलि हानेर लिम्बुवान भोलेन्टियर्स राज कुमार आङदेम्बे ” माङतोक” को हत्या गरेका थिए ।
संघीय लोकतान्त्रिक रास्ट्रीय मंच –संघीय लिम्बुवान प्रान्तीय मंच एल .भी .ले प्रत्येक बर्ष असोज २० गते शहिद ‘’ माङतोक ‘’ स्मृति दिवस मनाउदै आएको छ । यसरि नै असोज २० गते संघीय लोकतान्त्रिक रास्ट्रीय मंचको केन्द्रीय कार्यालय काठमाडौँ ,सुनसरी जिल्ला कार्यालय धरान ,पान्थर जिल्ला कार्यालय फेदेन लगायत बिभिन्न ठाउ र प्रवाश सङ्गठन कतार लागायतहरुले पनी शहिद माङतोक १६ औ स्मृति दिवस मनाइएका थिए।
उक्त कार्यक्रममा केन्द्रिय, प्रान्तीय कमाण्ड जिल्ला , नगर , पालिका ,वडा सम्मका नेता कार्यकर्ता उपस्थित रहेको थियो भने लेभी कमाण्ड प्रवक्ता काजीमान ओंख्रबो द्वारा सञ्चालित कार्यक्रममा स्वागत मतव्य एलभी केन्द्रिय उपकमाण्डर मोण्डेम मेन्याङ्बोले गरेका थिए त्यस्तै कार्यक्रम व्यवस्थापन क्षेत्र ५ का एलभी माङतोक कमाण्ड , झापाले सहजीकरण गरेका थिए।