कराते महासंघ र राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटद्वारा सम्मान कार्यक्रम सम्पन्न
पिटि अनलाईन न्यूज
- २१ आश्विन, २०८० १९:३०
- 275 Views

काठमाडौं ।
नेपाल कराते महासंघ नुवाकोट र राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटको संयुत्त आयोजनामा कलाकार, खेलाडी भेटघाट तथा सम्मान कार्यक्रम सामाखुसीको ग्लोबल क्याफेमा हिजो भब्य रुपमा सम्पन्न भएको छ ।
संबिधान सभा सदस्य नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिं केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा बिशेष अतिथिहरु युवा नेता शुसिल खड्का, समाजसेवी प्रलाद थापा, समाजसेवी रबिन थपलिया, युवा नेता बिजय कुमार तामाङ, गायक तथा संगीतकार फुल कुमार बम्जन, बरिष्ठ लोक गायक, सर्जक नबिन ढुंगेल, राष्ट्रिय संगीतकर्मी संघ बा.प्र का अध्यक्ष दावा फिन्जो तामाङ, अर्चना स्याङतान लगायत अन्य विशिष्ट अतिथिहरुको बाक्लो सहभागिता रहेको थियो।
विशेष अतिथिहरुले बोल्ने क्रममा युवानेता समाजसेवी शुसिल खड्काले बेवारिसे शव उद्दारमा अनवरत खटिरहेकी पत्रकार तथा समाजसेवी पवित्रा लामाको प्रसंशा गर्दै शव उद्दार कार्य कुनै समस्या परेमा सहकार्य गर्न आफु तत्पर रहेको साथै कुनै असहाय पीडितहरुलाई सहयोग गर्नुपरेमा सिधै सम्पर्कको लागि आफ्नो मोबाइल नं. ९८५१०४६४०१ समेत दिदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । क्रमसः बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आईरहेका बिजय कुमार तामाङले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु साथै खेलकुदका कार्यक्रमहरुमा सदैव सहयोग गर्ने प्रतिवद्दता गरे ।
त्यसैगरी यातायात व्यवसायीका अध्यक्ष समेत रहेका प्रलाद थापा ले कलाकार हरुलाई यातायातको कुनै किसिमको समस्या परेमा आफुले सहयोग गर्ने साथै महिला तथा पुरुषलाई ब्युटी सम्बन्धी कुनै आवश्यक परेमा आफ्नो लरेस्न्स ब्युटीपार्लर ब्रान्चहरुबाट विषेस छुटमा सेवा दिने बताएका छन भने अन्य अतिथिहरुले समेत कार्यक्रम बारेमा खुलेर प्रसंशा गर्दै सम्मानित हुनेहरु सबैलाई बधाई तथा थप सफलताको शुभकामना दिएका थिए ।
प्रमुख अतिथि जगदिश्वर नरसिं केसी ले कार्यक्रमलाई सम्बोधन गर्दै महत्वपूर्ण कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई एकैसाथ समेटेर सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिनुका साथै नेपालको गीत संगीत कला, संस्कृति, खेलकुद राष्ट्रको चिनारी भएकोले यस्तो कार्यमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए ।
कार्यक्रममा सम्मानित हुनेमा डा. भावना लामा तामाङ, कवि/साहित्यकार बिना थिङ तामाङ, नविन ढुंगेल, फुल कुमार बम्जन, साफ च्याम्पियन खेलाडी कराते अनुअधिकारी, महिला फुटबल टिम पूर्व क्याप्टेन अनु लामा, समाजसेवी पवित्रा लामा, पूर्व प्रमुख सेनानी विमला कुमारी मोक्तान, कुमारी लामा, अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी, प्रतिज्ञा भण्डारी, राष्ट्रिय खेलाडी महिला रेसलर प्रमिला रुम्बा,चर्चीत रेसलरहरु, कमल लामा (नुवाकोटे टाइगर), नेपाली ब्रो, रेश्मा बम्जन, पवित्रा गुरुङ लगायतका विभिन्न क्षेत्रको गरी करिव १०० जना भन्दा धेरैलाई सम्मान गरेका थिए।
राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका उपाध्यक्ष तथा कराते संघ बिदुर नगरका अध्यक्ष समेत रहेका कार्यक्रमका संयोजक सन्दिप कुमार तामाङले अत्यन्त सौहार्दपूर्ण वातारणमा संचालन गरेको कार्यक्रम लाई संघका महासचीव छिरिङ तामाङ र संघका प्रथम उपाध्यक्ष उत्तम भण्डारी, जिल्ला सह-कोषाध्यक्ष रोजी रुम्बा ले कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए । तामाङले कार्यक्रम सफलता बनाउन उपस्थित अतिथिहरु, सम्मानित हुने कलाकार, खेलाडीहरु,साहित्यकार, समाजसेवीहरु, मिडियाकर्मी लगायताका अन्य उपस्थित भएर प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद आभार व्यक्त गर्दै यस किसिमको भाईचारा सम्बन्ध सहयोग र सहकार्यले आगामी दिनहरुमा अन्य कार्यक्रम ल्याउन थप प्रेरित गरेको बताए ।
कार्यक्रमका संयोजकका अनुसार बिशेष सल्हाकार शुसिल कुमार खड्का, बिजय कुमार तामाङ, प्रलाद थापा लगायतले बिशेष रुपमा आर्थिक भौतिक रुपमा सहयोग गरेको बताउदै उहाहरु प्रति बिशेष आभार प्रकट गरेका छन् ।
राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटका वरिष्ठ उपाध्यक्ष कुमार लामाको सभापतित्वमा कार्यक्रम सम्पन भएको हो ।