जनसम्पर्क अमेरिकाका सभापति बिष्टको बिदाई, अधिवेशन गर्न भेला गर्ने निर्णय
पिटि अनलाइन न्यूज
- २७ असार, २०७७ १०:४२
- 773 Views

कृष्ण के सी/अमेरिका
नेपाली जनसम्पर्क समिति अमेरिकाको २०१४ को अधिवेशनको नेतृत्वको पदावदि समाप्त भएको ठहर संबद्ध पक्षको एक भेलाले गरेको छ। त्यसमाथि सोहि निर्वाचनबाट निर्वाचित सभापति आनन्द बिष्ट नेपाली काँग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्य भएकोले उक्त पद स्वतह: खाली भएको अवस्था थियो । पार्टीले निर्देशन नै गर्नु नपर्ने गरि बिधानमा नै किटान ब्यबस्था भएकोले तत्कालिन समय देखि नै लागु हुनेगरी बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह के सी कार्यबाहक सभापति हुनु भएको छ।
बिचमा पदावधि समाप्त भएकोले पार्टीले ६ महिनाको लागि सोहि टिमलाई म्याद थप गरेको थियो। तर त्यो अबधि पनि समाप्त भएकोले बरिष्ठ उपसभापति धनञ्जय नरसिंह के सी र पूर्व संयोजक बिष्णु सुवेदीले थुप्रै भेला र बैठक गरे पश्चात जुलाई १०, २०२० को भेलाले यो निर्णय गरेको हो ।
साथै अधिवेशन तयारी समिति बनाउनको लागि एक भर्चुयल भेलाको आयोजन गर्न ७ जना धनञ्जय नरसिंह के सी, इश्वोर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे रहेको समिति समेत गठन गरेको छ। उक्त समितिले सबैलाई समेटेर भेला बोलाउने बताइएको छ। समाचारको लागि प्राप्त उक्त निर्णयको विज्ञप्ति यहाँ दुरुस्त पोष्ट गरिएको छ।
विज्ञप्ति
नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद-१ (८) मा निकाय भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ भन्ने र धारा ५८ मा पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वत: रिक्त हुनेछ भन्ने स्पष्ट उल्लेख छ।
तसर्थ नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख (आनन्द) बिष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजीम निजको नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पद सोही दिनदेखि रिक्त भइसकेको छ।
सन् २०१४ मा टेक्सासमा अधिवेशन भएको ६ वर्ष बितिसक्दा पनि र मातृपार्टी नेपाली काँग्रेसको विधानमा व्यवस्था भए अनुसार आफू पदमुक्त भइसक्दा पनि विभिन्न बहानामा अधिवेशन टार्दै आएका निजको नियत स्पष्ट भइसकेको छ। पार्टीले गत कार्तिक ५, २०७६ मा ६ महिनाको समय दिई अधिवेशन संपन्न गर्न निर्देशन दिएको पनि वैशाख ५, २०७७ देखि म्याद गुज्रिसकेको छ।
बिधानत:पनि उहाले आफुलाई अध्यक्ष भन्ने बैधानिक र नैतीक अधिकार छैन। संगठनलाई भर्र्याङ् बनाएर आफ्नो ब्यक्तिगत फाईदा लिने तर संस्थालाई थिल्थिलो बनाएको हेरेर बस्नु कुनै पनि इमान्दार कार्यकर्तालाई सुहाउदैन। जन संपर्क समिती अमेरिकालाई चुस्त, गतिशिल र बिधान सम्मत हिडाउन हामीले ढिलो चान्डो निर्णय लिनुपर्ने नै हुन्छ। पार्टीको साख बचाइ राख्न आजको मितीदेखी आनन्द् बिष्टलाई जनसंपर्क समिती अमेरिकाको अध्यक्षबाट सर्व सम्मत रुपमा पदमुक्त गरेको निर्णय सार्वजनिक गर्न चाहन्छौ।
आगामी दिनमा जनसंपर्क समिती अमेरिकालाई सबै नेपाली प्रजातन्त्रवादीको साझा र प्यारो संस्था बनाउन र निर्वाचन गराउने ऐतिहासिक जिम्मेवेरी लिने नेत्रित्व चयनको लागि छिट्टै अमेरिका भरी रहेका तमाम साथीहरुकोबिच छलफल गर्ने र नेपाली काङ्रेसको पार्टी नेत्रित्वसँग परामर्श समेत गरेर आम सहमतीबाट सर्वसम्मत निर्णयद्वारा नयाँ समिती निर्माण गर्ने कुरा सार्वजनिक गर्दछौ।
आगामी दिनमा पुर्व अध्यक्ष बिष्टले आमन्त्रित केन्द्रिय सदस्यको ज़िम्मेवारीलाई इमान्दारिता पुर्वक बिधि बिधानको दायरा भित्ररहि निभाउनु हुनेछ र त्यो पदको गरिमालाई ख्याल राख्दै जिम्मेवार अभिब्यक्तीहरु दिनुहुनेछ भन्ने आशा गरेका छौ।