सुदिप गैरेको निकै नै मार्मिक शब्दले भरिपुर्ण सबै प्रवाशीहरुको कथा व्यथामा समर्पित लोकदोहोरी गीत मरुभूमि..
पिटि अनलाइन न्यूज
- २६ फाल्गुन, २०७४ १५:१५
- 727 Views
3/10/2074 Published by Sunjit
धादिङ् जिल्ला घर भइ हाल दुबाईलाई आफ्नो कर्म थलो बनाउदै आउनु भएको सुदिप गैरेले आफ्नो सांगीति करियरलाई पनि अगाडी बढाउदै जाने क्रममा हाल आएर निकै नै मनछुने प्रबाशीहरुको कथा व्यथालाई समेटेर मरुभूमि एल्बम सब्दा सिर्जना गर्नु भएको छन् र यो भन्दा पहिले पनि लोक दोहोरी गायक तथा सर्जक सुदिप गैरेका रचनामा लेङ्गा चोली,धादिङ सल्यान टार,बिदेशमा पैसा दिन्छ सिमलको अग्लो रुखले जस्ता गितहरु बजारमा आइसकेका छन ! लाखौ नेपालीहरु नेपालमा रोजगारीको अभाव तथा आफ्नो बाध्यता कारण प्रदेशिन बाध्य छन श्रीमान प्रवासमा दुख पाएको खबर पाएकी श्रीमती बिलौना गर्दै आफ्ना श्रीमान लाइ घर बोलाउदै गरेको र श्रीमान साहुको रिन नतिरेसम्म कसरी आउ भन्दै बिलौना गरेको कथाबस्तु गितमा पाइन्छ !
सुदिप गैरेको उत्कृष्ट शब्द लयमा रहेको उक्त गितको भिडियो मा गायक स्वंम सुदिप गैरे र आशा खड्काको निकै उत्कृष्ट अभिनय पाइन्छ भने गायिका जासु अधिकारी सम्झना र सुदिप गैरेले गितमा आवाज दिनुभएको छ!
सम्पुर्ण प्रदेशिहरुको जिबनमा घट्ने घटनालाइ गितमा उतारिएका ले गितले चर्चा पाउने कुरामा आफु ढुक्क रहेको गायक सर्जक गैरेले जानकारी दिनुभयो !