साउदीको जेद्दामा १ जना नेपालीको कोभिड-१९ बाट मृत्यु , कोभिड-१९ बाट साउदीमा मृत्युहुने नेपाली २जना पुग्यो ।
- २९ बैशाख, २०७७ ००:०६
- 2032 Views
@पिटि अनलाइन खबर
काठमाडौं /बैशाख २८
साउदीमा फेरि १ जना नेपाली नोबेल कोराना भाईरस कोभिड-१९ संक्रमण कारण मृत्यु भएको छ । केही दिन पहिले रियादमा ५१ बर्षिय पुरुषको कोभिड-१९ कारण मृत्यु गरि साउदीमा २ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाली महाबाणिज्यदुताबास जेद्दाको क्षेत्राधिकार भित्र पर्ने मध्ये मदिनामा उपचाररत एकजना नेपाली नागिरकको निधन भएको महाबाणिज्यदुताबासले पुष्टि गरेको छ । मृतक प्रति महाबाणिज्यदूतावासले दु:खको यस क्षणमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छन् ।
यस सम्बन्धमा पिटि अनलाइनले महाबाणिज्यदुताबास संग सम्पर्क गरेका थिए । महाबाणिज्यदुताबासले हाललाई मृतक बारे कुनै जानकारी सार्वजनिक गर्न नमिल्ने बताएको छ ।
जेद्दाको क्षेत्र भित्र कोभिड १९ बाट संक्रमित भई उपचाररत ४५ जना नेपाली नागरिकहरु मध्ये १ जनाको निधन, अन्य उपचाररत मध्ये १० जना निको भई अस्पतालबाट फर्किसक्नु भएको र बाँकी सबै उपचाररत रहेको छ । साउदीमा जेद्दाको बाहेक अन्य एरियाबाट नेपाली संक्रमीत भएको आधिकारिक तथ्यांक आएको छैन । पिटि अनलाइन प्राप्त स्रोत अनुसार धेरै धेरै नेपाली नागरिक संक्रमीत रहेको पाएको छ ।
यस विषम परिस्थितिमा संक्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन जेद्दा महाबाणिज्यदूतावासले नेपाली समुदायलाई आग्रह गरेको छ।
नेपाली दूतावास रियादले कोरोना कारण कुनै समस्या परेमा दूतावास सम्पर्क गर्न आग्रह गरेको छ ।साथै साउदी सरकारले जारी गरेको नीति ,नियम कडाइ साथ पालन गर्न र साउदीमा किय्रासिल संघसस्था संग समन्वय गरिरहेको/ गर्न तयार रहेको जनाएको छ ।
आज मिति २०७७।०१।२८ (मे १०, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३९,०४८ पुगेको छ । आज थप १,९१२ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ११,४५७ जना निको भएका छन् । आज ७ जना सहित आजसम्ममा जम्मा २४६ जना संक्रमितको मृत्यु भएको छ।