संघीय लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिबेशन नोभेम्बर १९मा हुँदै
- २६ कार्तिक, २०७८ २२:४१
- 270 Views
दम्माम।
संघीय लिम्बुवान मञ्च नेपाल अन्तर्गतको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च , केन्द्रिय कार्यसमिति साउदी अरबको तेस्रो ऐतिहासिक अधिवेशन हुने भएको छ।
साउदीको पुर्बी क्षेत्र जुबेल स्थित अन्नपूर्ण रेष्टुरेन्ट जुबेल सेन्टर मा आगामी नोभेम्बर १९ तारिख शुक्रवार दिनको
११:००बजे देखि ४:०० बजेसम्म हुने आयोजक संघीय लिम्बुवान सामाजिक मञ्च , केन्द्रिय कार्यसमिति संयोजक बसन्त चेन्जो माबोले जानकारी दिए।
मंचले साउदीमा सक्रिय संघ संस्था तथा सामाजिक ब्यक्तित्वहरु लाई निमन्त्रणा पत्र काटिसकेको कुनै कारण बस पत्र प्राप्त नभए यसै समाचारलाई आधार मानेर उपस्थितको लागि अनुरोध गरेका छन्।
पहिचान सहितको लिम्बुवान सहित १०+१ राज्य कायमै गरौं भन्ने नारा साथ स्थापित संघीय लिम्बुवान मञ्च नेपालको प्रवास शाखा साउदीको स्थापना सन् २०१३मा भएको थियो । उक्त कार्यक्रममा मञ्चका केन्द्रिय सदस्य यावा लिम्बू लगायतको नेताहरु सहभागिता रहने छ।