रामचन्द्र वाग्ले नेपाली जनप्रगतिशिल मंच साउदी अरबको अध्यक्षमा सर्व-सहमत चयन
- पिटि अनलाइन न्यूज
- २ बैशाख, २०८१ २०:३४
- 125 Views
रियाद, सुन्जित तामाङ।
नेपाली जनप्रगतिशिल मंच साउदी अरबको अध्यक्षमा रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार साउदी अरबका पूर्वी क्षेत्र दम्माम स्थित होटेल रोज गार्डेनमा निवर्तमान अध्यक्ष कमल महत को सभापतित्वमा भएको अधिवेशनबाट ४१ जनाको सदस्यीय कार्य समिति सहित वाग्ले अध्यक्षतामा सर्व सम्मत चयन भएको हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा बबिता भण्डारी,(महिला) खोबर ,हरि बुढाथोकी, राजन खड्का,शहवाज हैदर र गंगा गोदार, निर्विरोध चयन एका हुन । त्यसै गरि महा सचिवमा बासुदेव सापकोटा सर्वसहमत निर्वाचित भएका छन् भने सचिवमा युनिक तामाङ,हरि भक्त मगराती, सिताराम रिमाल,विपिन शर्मा निरौला र दिपेन्द्र खत्री सहित ५ जना सर्व सहमत निर्वाचित भएका हुन्।
त्यसै गरि कोषाध्यक्षमा सुजन पुडासैनी, सह-कोषाध्यक्षमा तारा सेन्चुरी र भक्त कार्की प्रवक्तामा निवाचित भएका छन ।सादस्यहरुमा, सन्तोष देबकोटा,रमेस लाम्घाते,बिरमान घलान,गोबिन्द ओलि ,सुर्य बिक,शिव राज बिक,सुरज तिवारी,सुनिल सेन्चुरी ,शुरेस सुनार ,देवन थापा,बिष्णु अधिकारी,विशाल तामाङ,सैलेस न्यौपाने,डि बी केसि (बाबुराम) , गोपाल आचार्य,हिम बाहादुर तामाङ( माइकल),मनोज पान्डे ,प्रकाश कार्की,ईश्वर काप्री,सालिग्राम पान्डे,गजेन्द्र राज कडेल,राम किश्वर बराई,बिक्रम श्रीपाली ,बलदेव मर्स्रङी मगर,इन्द्र कुमार गिरि,शन्तोस बि क,मोगिस इमाम,नितेस कुवर,बाट सर्वसहमत चयन भएका छन् । कमल महत,कमल शाही निर्मल,बाबुलाल बुढा,नवराज चौलागाईं,युवराज कार्की,राम लामा(आर बि लामा ),नेहाल उज्मान,कृष्ण पुरी,कृष्ण नेपाली र सुमन दाहाल सल्लाहकार समितिमा रहेका छन ।
प्रमुख अतिथिमा उर्जा मन्त्री तथा जलश्रोत मन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल , पुर्व संचार मन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीको विशिष्ठ अतिथि र नेपाली राजदुतावास रियादका उप नियोग प्रमुख डा. डमरु बल्लभ पौडेलको विशिष्ठ अतिथिमा छैठौं अधिवेशन सम्पन्न भएका छन् ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समिति सदस्य तथा पश्चिम एसिया ईन्चार्ज सनी कुमार ओली,नेपाल सरकारका साउदी अरबका लागि पर्यटन दुत तथा एन आर एन ए मध्य पुर्व संयोजक राजेन्द्र अर्याल, NCC अध्यक्ष रबिना अर्याल, प्रवास समन्वय समिति सदस्य तथा युरोप संयोजक चित्र सुवेदी, एन आर एन ए आइ सी सी उपाध्यक्ष तथा प्रवास समन्वय समितिका सदस्य डीबी क्षेत्री, त्यसै गरि नेपाली जनप्रगतिशिल मंच कतारका पुर्व अध्यक्ष तथा पश्चिम एसिया सदस्य होम नाथ शर्मा, नेपाली जनप्रगतिशिल मंच कतारका अध्यक्ष राजेन्द्र देवकोटा, नेपाली जनप्रगतिशिल मंच कतारकी उपाध्यक्ष सरिता भण्डारी, श्री कृष्ण भट्टराई, रिटनि सेन्टर नेपालका केन्द्रिय सदस्य शंकर प्रसाद न्यौपाने, प्रवास समन्वय समिति सदस्य बाबुराम बिश्वकर्मा, प्रवास समन्वय समिति सल्लाहकार ठाकुर ढुंगाना लगायत विभिन्न देशहरु बाट अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो भने रियाद,अल-खारज,हायल-अल-कासिम,दमाम,जुवेल,जेद्दा,अल-खोबर,अल-हासा लगायत अन्य ठाउहरु बाट नेकपा माओवादी केन्द्र संग आस्था राख्ने आस्थावान तथा अन्य श्रमिकहरुको उपस्थित रहेका थिए ।
उक्त कार्यक्रम साउदी अरबका लागि ऐतिहासिक रुपमा सभ्य अनि भव्य रुपले सम्पन्न भएको थियो । कार्यक्रम नव निर्वाचित महा-सचिव बासुदेव सापकोटा ले संचालन गर्नु भएको थियो ।
उक्त अधिवेशनमा शालिक राम पाण्डे र नितेश कुँवर राना पार्टी प्रवेश गरेका थिए ।