इन्द्रावती गाउँपालिका र विद्युत प्राधिकरण बिच सहमती, पालिकाका सबै घरधुरिलाई विधुतिय चुलो वितरण गरिने
नेत्र न्यौपाने
- २४ पुष, २०७९ १८:४९
- 114 Views

नवलपुर,सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले नयाँ अवधारणा ल्याएको छ। “हाम्रो लगानी हाम्रै सम्पत्ति लाई”
भन्ने नाराको आधारमा आगामी आर्थिक वर्ष भित्र पालिका भित्रका सबै घरधुरिलाई विधुतिय चुलो(electric induction oven) वितरण गर्ने योजना बनाएको छ।
नेकपा एमालेका नेता तथा पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ र इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल सहितको टोलिले नेपाल विधुत प्राधिकरणलाई यस कार्यक्रम सन्चालनका लागि आवस्यक सहयोगको माग गर्दै नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई माग पत्र बुझाउनु भएको छ।
उक्त माग पत्रलाई सम्बोधन गर्दै प्राधिकरणका व्यवस्थापकिय निर्देशक कुलमान घिसिङले सो कार्यक्रम सन्चालनका लागि आवस्यक ट्रन्सफर्म,प्लास्टिक कोटेड तार लगायत आवस्यक सहयोगको लागि विधुत प्राधिकरणको तर्फ बाट प्रतिबद्धता व्यक्त गर्नु भएको छ।