बहराइनमा ४९ नेपालीलाई कोरोना संक्रमित,कुनै समस्या आएमा निम्न नम्बरमा सम्पर्क गर्न नेपाली दुताबास बहराइनको अनुरोध
पिटि अनलाइन न्यूज- ५ बैशाख, २०७७ २३:०२
- 1193 Views
@पिटी अनलाइन खबर/मनामा बहराइन /पेमा लामा
महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिट १९ को संक्रमित संख्या बहरानमा १००८ पुगेको छ भने बहराइनम काम गर्ने नेपाली श्रमिकहरु ४९ जनामा पोजिटिभ अर्थात कोभिट १९ संक्रमण भएको पुष्टी नेपाली दुताबास बहराइनले जानकारी गराएका छन् ।
दूतावासले बहराइनमा हाल सम्म ७६ हजार ९४४ मा कोरोना परीक्षण गरिएकामा कोरोना संक्रमितहरुको संख्या १००८ पुगेको जानकारी दिएको छ कुल संक्रमित मध्ये ३ जनाको अबस्था गम्भीर रहेको र हालसम्म ७ जनाको मृत्यु भएको छ भने ७२५ जना निको भएर घर फर्किसकेका छन् ।
बहराइनमा रहेका नेपाली लगायत अबैधानिक रुपमा रहेका कामदारहरुलाई ३१ डिसेम्बर २०२० सम्ममा बैधानिक हुने या बहराइन छोड्ने दुवै कार्यको लागि माफीको व्यवस्था रहेको दुताबासको बिज्ञाप्तिमा लेखिएको छ।
बहराइन सरकारले संक्रमण प्रसार रोकथाममा थप प्रभावकारिताका लागि संक्रमितहरुले क्वरेन्टाईन अवज्ञा गरेको पुष्टि भएमा ३ महिना सम्म जेल सजय हुने अथवा बहराइनी डिनर १ हजर देखि १० हजार सम्म जरिवाना हुने वा दुबै सजय हुने सुचना जारी गरिसकेको हुनाले सम्पुर्ण नेपालीहरुलाई नियामको पालन गर्न दुताबास बहराइनले अनुरोध गरेका छन ।
साथै ५ जना भन्दा बढी भेला भएर बस्न नहुने,बाहिर निस्किदा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने,कुनै भेला,सभा ,समारोह गर्न नपाईने,शैक्षिक संस्थाहरु अर्को सुचना जारी नभए सम्म बन्द रहाने साथै सैलुन,सिनेमा,जिम,स्वमिङ पुलहरु,क्याफे,होटल,रेस्टुरेन्ट लगायतका सेवा हरु बन्द रहेको तर प्याकेज र होम डेलिभरेको भने ब्यबस्थ रहाने छ।
ज्वरो आउने,खोको लाग्ने,श्वास फेर्न गाह्रो हुने लगायत का लक्षण देखिएमा बहराइन को टोल फ्री नम्बर ४४४ मा सम्पर्क गर्न सक्नु हुनेछ भने नेपाली दुताबस बहराइनको सम्पर्क टेलिफोन नम्बर १७७२-५५८ फ्याक्स १७७७-०७८७ दामोदर दहाल ३२०९५०४१ र दिनेश घिमिरे ३४१६११३६ सम्पर्क गर्न बहराइन मा रहेका नेपाली हरुलाई दुताबासले अनुरोध गरेका छन् ।
तलको भिडियो हेरेर मनोरंजन लिनु होला !
