तमु धिँ जेद्दाले तमु ल्होसार भब्यताका साथ मनायो ।
पिटि अनलाईन न्यूज- २१ पुष, २०८१ १२:०३
- 55 Views
जेद्दा साउदी अरब । तमु धिँ समाज जेद्दा साउदी अरबद्वारा गत ३ जनवरी २०२५ शुक्रबारका दिन आफ्नो चार्ड सप्ह्री ल्हो ल्होसार बेजोड सांस्कृतिक कार्यक्रम सहित भब्यताका साथ सु-सम्पन्न गरेको छ ।
नेपाली महाबाणिज्यदूतावास जेद्दाका कार्यवाहक महाबाणिज्य दूत सृजना अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष वेद तमुको सभापतित्वमा मायाँ गुरुङद्वारा संचालित उक्त कार्यक्रम दुई चरणमा गरि सु सम्पन्न भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा उपस्थित बरिस्ठ ब्याक्तित्व तथा अतिथिगणहरुको शुभकामना मनतब्य दिएका थिए भने दोस्रो चरणमा स्थानीय कलाकारहरुको बेजोड नित्य तथा अन्य सांगीतिक कोसेलीहरु पस्किएर भरपुर मनोरञ्जन दिएको थियो ।
नेपाली राष्ट्रिय गान तथा गुरुङ समुदायको पहिचान युक्त गान सँगै सुरु गरिएको कार्यक्रममा ल्होसारको परिचय र महत्वलाई दर्सकमाझ प्रस्तुत गर्दै आश्था गुरुङ ले स्वागत मन्तव्य दिएकी थिइन् ।
गुरुङ संस्कृति अनुसार कार्यक्रममा फेटा तथा भाङ्रो लगाएर उपस्थित अतिथिहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु द्वारा कार्यक्रम आयोजक टिमलाइ धन्यवाद ज्ञापन गर्दै शुभकामना दिनुको साथै यस्तो मौलिक तथा सांस्कृतिक कार्यक्रमले बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक आपसमा जोड्ने र स्वदेशी भुमिमा रहेको आभास तुल्याउने जनाएका थिए ।
यस्तो कार्यक्रमले तमाम नेपालीहरुलाइ खुशी दिलाउने, एक आपसी भाइचारा कायम गर्ने तथा दुखमा साथ मिल्ने बताउदै आफू र आफ्नो महाबाणिज्य दूतावासबाट हुन सक्ने सहयोग सबै नेपाली श्रमिकहरुलाइ प्रदान गर्ने कुरा कार्यक्रमकि प्रमुख अतिथि सृजना अधिकारिले बाताउनुभयो ।
पहिलो चरणको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष सभापति वेद तमुले उपस्थित सम्पुर्ण प्रायोजक अलमाराइ कम्पनी, नेपाली होटल मेलम्ची, काठमाडौ होटल बलद, तथा अन्य विभिन्न संघ संस्था र ब्यक्तिगत बाट आर्थिक, भौतिक सहयोग गर्नुहुने सबैलाइ हृदयदेखी धन्यवाद दिएका थिए । यसै गरि कार्यक्रम सफल बनाउन दिनरात खटिने स्वंसेवक, कलाकारहरु, अतिथिहरु,उपस्थित दाजुभाइ दिदिबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु, तथा पत्रकार सबैलाइ बिशेष धन्यवाद दिदैं संस्थाले पीडित श्रमिकहरुका लागि पनि धेरै सहयोग गरेको र आगामी दिनहरुमा पनि गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा स्थानीय कलाकारहरु, संघं संस्थाका प्रतिनिधिहरु, दूतावास जेद्दाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बिशिस्ट अतिथिहरुमा नेपाली महाबाणिज्य दूतावासका दूत सुबास यादब, तम्राज काफ्ले, बुद्दमाया भट्टराई, रहेका थिए भने एनआरएनए साउदीका उपाध्यक्षद्वय राज गिरि, कृष्ण श्रेष्ठ, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डिपि अर्याल, युवा क्लबका महासचिव नर कुमार मगर, इस्लामीक दावा सेन्टरका मन्जुर अलि मिया, अन्तरास्ट्रिय मुस्लिम समाजका महासचिव रम्जान दिन मियाँ, यान्बुका श्रीप्रसाद बर्देवा, किरातराई अयोख्या का अध्यक्ष लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुले अतिथिमा आशन ग्रहण गरेका थिए !
कार्यक्रममा सहयोगी दाता, कलाकारहरुलाइ तथा प्रायोजकहरुलाइ प्रमाण पत्र प्रदान् गर्नुको साथै गुरुङ संस्कार अनुसार केही चेलीहरुलाइ मायाँको चिनो सहित सम्मान गरिएको थियो ।
नर कुमार मगर तथा राज गिरिद्वारा संचालित दोस्रो चरणको कार्यक्रममा बिबिध प्रकारका सांगीतिक कोसेलीका साथमा नेपाली भोजन सेल रोटि तथा खानाको ब्यबस्थापन गर्दै पाहुनालाइ बिदाइ गरिएको थियो ।
