रियाद
साउदी अरबको राजधानी रियादमा २८६१ औं सोनाम ल्होछार बृहत रुपमा मनाउने भएको छ ।
नेपालीहरुको राष्ट्रिय पर्व, तामाङ समुदायको नयाँ बर्ष एवं मञ्जुश्री संम्वत २८६१ सोनाम ल्होछार अगामी २४ जनवरी २०२५ का दिन नेपाल देखि आमन्त्रित चर्चित सेलो गायक रोज मोक्तान र चर्चित सेलो गायिका सुमिना लो तामाङ को उपस्थितिमा बृहत रुपमा मनाउने भएको छ भने स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहाने छ ।
नेपालीहरुको विभिन्न राष्ट्रिय पर्वहरु मध्ये विशेष गरि तामाङ समुदायको राष्ट्रिय पर्वको रुपमा रहेको मञ्जुश्री संम्वत् २८६१ ( डुल /स पुख्री ल्हो ) सोनाम ल्होछार नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति साउदि अरबले विगतको वर्षहरुमा झै यो वर्ष पनि २४ जनवरी २०२५ का दिन विभिन्न सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ ।
साउदि अरबमा स्थापित विभिन्न संघसंस्थाका प्रमुखहरु , व्यापार व्यवसायीहरु, कलाकार , खेलाडी, पत्रकार, श्रमजीवी आम नेपाली दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णलाई यस पर्वको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा सहभागि भै कार्यक्रम सभ्य अनि भव्य रुपमा सफल बनाउन सहयोग गरिदिनु हुन आयोजक टिमले हार्दिक अनुरोध गरेका छन ।

कार्यक्रम हुने मिती : २४ जानवारि २०२५
कार्यक्रम हुने स्थान : एक्जीट ९ रियाद (गत साल कार्यक्रम गरेको हल )
नोट : कार्यक्रम स्थालको लोकेसन र बसको लागि यथाशीघ्र सम्पर्क गर्नु होला ।
यातयात संयोजक
दलू लोप्चन तामाङ +966 53 376 5045
सागर थिङ तामाङ +966 58 072 2954