गैरआवसीय नेपाली संघ अल कासिमद्वारा ३० जना नेपाली श्रमिकलाई एक्जिट भिसा दिलाई नेपाल फिर्ता
पिटि अनलाईन न्यूज
- १७ आश्विन, २०८१ ०४:३५
- 59 Views

समर्पण रमदान मिया, साउदी अरब ।
गैरआवसीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति अल कासिमले ३० जना नेपाली श्रमिकलाई एक्जिट भिजालगाएर नेपाल फिर्ता पठाउन सफल भएको छ। यी श्रमिकहरू दुई वर्षअघि सगरमाथा मेनपावर, यात्रा एचआरसोलुसन, ओम ओभर्सिज, र प्रतिज्ञा कन्सल्टेन्सीबाट साउदी आएका थिए। उनीहरूलाई अल हदवा, अल सुल्तान, रअल समाहा म्यानपावर सप्लाई कम्पनीले साउदीको विभिन्न क्षेत्रहरूमा पठाएको थियो, तर काम नदिएर समस्यामा पारेका थियो।
श्रमिकहरू अलपत्र परेको खबर पाएपछि एनआरएनए आइसिसीका सदस्य तथा नेपाली राजदूतावास प्रतिनीधी विशाल श्रेष्ठ र एनआरएनआरसीसी अल कासिमका प्रवक्ता अलि उर्सिन मियाँले स्थलगत निरीक्षण गरीवास्तविकता पत्ता लगाएका थिए। उनीहरूले राजदूतावाससँग समन्वय गरी ६० श्रमिकको लागि एक्जिट भिसाकोप्रक्रिया थालेका थिए, जसबाट ३० जनालाई नेपाल फर्काउन सफल भए।
श्रेष्ठले श्रमिकको भिसा नवीकरण नगरेको र उनीहरूलाई कामबाट हटाएको सप्लाई कम्पनीलाई कानुनी कारबाहीकोलागि सम्बन्धित निकायमा निवेदन दिएको जानकारी दिए। बाँकी ३० जना र अन्य पीडितहरूको पनि एक्जिट प्रक्रियाजारी छ। NRNA ले मेनपावर कम्पनीहरूलाई कारबाही गर्न र भविष्यमा यस्ता समस्याहरू रोक्न सम्बधीत निकायलाई सचेत गराएको छ।