साउदी अरब: केम्पिनस्की होटलमा नेपाली सेफ सरोज थापाको उत्कृष्ट प्रदशर्नी
- पिटि अनलाईन न्यूज
- ८ आश्विन, २०८१ ०७:२६
- 22 Views
साउदी अरब ।
साउदी अरबको प्रतिष्ठित ५ तारे होटेल केम्पिनस्की होटलमा कार्यरत नेपाली एक्जुकेटिभ पेस्ट्री सेफ सरोज सिंहथापाले साउदी अरबको ९४औं राष्ट्रिय दिवसको अवसरमा आयोजित बेक फेस्टमार्फत आफ्नो अद्वितीय पाककलाप्रस्तुत गर्दै विश्वव्यापी ध्यान खिच्न सफल भएका छन्। थापाले बनाएका बिभिन्न प्रकारका केक र पेस्ट्रीहरूलेउपस्थित साउदी नागरिक र अन्य दर्शकहरूलाई प्रभावित तुल्याएको छ।
थापाले ९४ मिटर लामो विभिन्न आकृतिका केकहरू बनाउँदै साउदी सरकारको “भिजन २०३०” लाई समेत सम्मान गर्नेगरी “हामी सपना देख्छौं र पूरा गर्छौं” भन्ने थिमलाई आफ्ना कलामार्फत प्रस्तुत गरे। उनका दर्जनौं फ्लेभरका केक रपेस्ट्रीहरूलाई अनौठा आकृतिहरूमा ढालेर होटलको बुफेमा प्रदर्शनीमा राखिएको थियो, जसले उपस्थित सबैको मनलोभ्यायो।
उक्त कार्यक्रममा सहभागीले थापाको केक र पेस्ट्रीको प्रदर्शनीलाई अवलोकन गर्दा आफूलाई बिलकुलै फरक संसारमापुगेको अनुभूति भएको बताए।
नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानीमा जन्मिएका सरोज थापा बाल्यकालदेखि नैअद्वितीय कलाका धनी थिए। स्कुले जीवनमै हस्तकला र चित्रकलामा सफलता हासिल गरेका थापाले आफ्नो प्रतिभाविश्वस्तरमा प्रस्तुत गर्न सफल भएका छन्। क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पनि उनले यस्तै उत्कृष्ट पेस्ट्री रकेक तयार गरी सबैको ध्यान खिचेका थिए।
विभिन्न देशका थुप्रै होटलमा एक्जुकेटिभ पेस्ट्री सेफको भूमिका निर्वाह गर्दै आएका थापा हाल साउदीको केम्पिनस्कीहोटलमा काम गरिरहेका छन्, जहाँ उनले साउदी अरबका नागरिकहरूलाई मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेतआफ्नो पाककला कौशलको प्रशंसा गराउन सफल भएका छन्।
थापाले साउदी अरबमा आफ्नो प्रस्तुति दिएपछि नेपाली समुदायको प्रतिष्ठा अझै बढेको छ, जसले नेपालीश्रमिकहरूको क्षमता र सृजनशीलतालाई विश्वसामु प्रस्तुत गर्न मद्दत पुर्याएको छ।