रियादस्थित नेपाली दूतावासद्वारा संविधान दिवस मनाइयो।
- पिटि अनलाईन न्यूज
- ६ आश्विन, २०८१ ०६:१७
- 21 Views
अन्जान गुभाजु
रियाद, साउदी अरब — नेपाली राजदूतावास, रियादले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विशेषकार्यक्रमको आयोजना गरेको छ।
समारोहमा कार्यबाहक राजदूत डा डमरु बलल्भ पौडेलले नेपालको संविधानले प्रदान गरेको अधिकार, कर्तव्य रलोकतान्त्रिक मूल्यहरूको चर्चा गर्दै संविधानको महत्वलाई उजागर गरे। कार्यक्रममा संविधानको स्मरण गर्दै एक मिनेटमौनधारणसमेत गरिएको थियो।
उक्त कार्यक्रममा साउदी अरबमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, राजनैतिक, सामाजिकतथा सांस्कृतिक व्यक्तित्वहरूको उपस्थिति थियो। करिब २२५ जना नेपालीहरूको सहभागिता रहेको कार्यक्रममा कार्यबाहक राजदूत पौडेलले विदेशमा रहेका नेपालीहरूलाई राष्ट्रको समृद्धिमा आफ्नो भूमिका प्रभावकारी बनाउनआग्रह गरे।
संविधान दिवसको अवसरमा विभिन्न वक्ताहरूले नेपालको संविधानको महत्व, यसको कार्यान्वयन र चुनौतीहरूबारेविचार व्यक्त गरे। कार्यक्रममा रियादस्थित विभिन्न सामाजिक संघसंस्थाका सदस्यहरूको उल्लेखनीय सहभागितारहेको थियो।
समारोहमा उपस्थित सबै अतिथिहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एक अर्कालाई शुभकामनाआदानप्रदान गर्दै कार्यक्रमको समापन गरेका थिए।