तीज विशेष कार्यक्रमको लागि चर्चित गायिका प्रीति आले साउदी आउदै
- पिटि अनलाईन न्यूज
- १२ भाद्र, २०८१ ०९:०१
- 15 Views
साउदी अरेबिया।
चर्चित लोक ब्याटल गायिका प्रिती आले पुनः साउदी आउने भएकी छिन्।
गायिका आले गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले पुर्बी क्षेत्रको दम्माम जुबेल हाईबेको सादी रेस्टुरेन्टमा आगामी सेप्टेम्बर ६ शुक्रबार आयोजना हुने हरितालिका तीज २०८१ को पावन अवसरमा शुभ कामना आदान-प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आफ्नो प्रस्तुति दिन आउने भएकी छिन् ।उनी गत बकर ईदमा एनआरएनए ताबुक र रियाद क्षेत्रीय समितीले आयोजीत कार्यक्रममा आफ्नो प्रस्तुति दिई सकेकी छिन् ।
एनआरएन साउदीद्वारा आयोजित उक्त कार्यक्रममा निशुल्क प्रबेश रहेको र संघका स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, साउदी अरब स्थित क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाका पदाधिकारीहरू, सामाजिक व्यक्तित्वहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, व्यवसायी तथा वित्तीय संस्थानहरूका प्रतिनिधिहरू, विभिन्न संचार संस्थानसंग आवद्ध संचार कर्मीहरू एवम् साउदीअरब स्थित कार्यरत नेपाली दाजु/भाई दिदी/बहिनीहरू सहभागि हुनुभई कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल बनाई दिनु हुन संघकी अध्यक्ष रबिना अर्यालले आग्रह गरेकी छिन् ।
कार्यक्रम तयारीको लागि मंगलवार दम्माम स्थित नेपाली होटेलमा संघको अध्यक्ष अर्यालको नेतृत्वमा साउदी संघसंगठनका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता एक छलफल आयोजना गरिएको थियो। उक्त छलफलमा अध्यक्ष अर्यालले उक्त कार्यक्रमको लागि संघको कुनै आर्थिक सहयोग प्रयोग नगरी आफ्नै ब्यक्तिगत तथा सहयोगीहरुबाट प्राप्त सहयोगबाट कार्यक्रम आयोजना गरिने र कार्यक्रमको लागि आबस्यक सहयोग गरिदिन सक्रिय संघसंगठनका प्रतिनिधिहरु आग्रह गरेकी छिन्। उहाँको आग्रहलाई स्विकार्दै सक्रिय संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु आफ्नो तर्फबाट हुने सहयोग गरिने जानकारी दिएका थिए।