किसानीलाई आफ्नै श्रम सुन्दर लाग्छ
- रामचन्द्र तिम्सिना
- ११ भाद्र, २०८१ १७:१९
- 14 Views
फाेहाेरैमा पौडनेलाई नाली सुन्दर लाग्दाेरैछ
झुटकाे खेति गर्नेलाई जाली सुन्दर लाग्दाेरैछ।
सुन्दर सपना जलाउने कस्काे रहर हुन्छ र
मुटु छिया पार्नु भन्दा हो खाली सुन्दर लाग्दाेरैछ।
फूलहरुले दाेष विना लौ त्यसै चाेट पाए पनि
हत्यारा त्यो हत्या गर्ने हो माली सुन्दर लाग्दाेरैछ।
पुजा गर्ने ती पुजारीलाई मन्दिरमा छिरेपछि
सामाग्री सकिएको उहीँ थाली सुन्दर लाग्दाेरैछ।
पसिनाले हराभरा भएपछि खेतका गहरा
किसानीलाई आफ्नाे श्रम वाली सुन्दर लाग्दाेरैछ।
भगवती खनाल “सुनाखरी”
नुवाकोट
तपाईको प्रतिक्रिया