श्रीकृष्ण धाममा शुक्रवार देखी ३ दिने श्रीकृष्ण जन्माष्मी पुजाको आरम्भ ।
- पिटि अनलाईन न्यूज
- ९ भाद्र, २०८१ ०७:४९
- 21 Views
युवराज पुन,प.नवलपरासी। पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ४ को रमवापुर अवस्थित बिश्वको अग्लो दामोदर (दाबी ) श्रीकृष्णको मुर्ति रहेको श्रीकृष्ण धाममा शुक्रबार देखि ३ दिनको दिवसीय श्रीकृष्ण जन्माष्मी पुजाको समुदघाटन भएको छ । पुजा आरम्भ कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य , पुर्ब कानुन,न्याय तथा संसदीय मन्त्री धुर्बबहादुर प्रधानले गर्नुभएको थियो । जेष्ठ नागरिक संरक्षण अक्षयकोष स्थापनाको आवश्यकता रहेको र आफ्नो धर्म सस्कृतिलाई जगेर्ना गर्नुका साथै संरक्षणमा सदा अग्रसर हुनुपर्छ भन्दै आफ्ना भनाइ व्यक्त साम्सद प्रधानले गर्नु भएको थियो ।
सुनवल सत्मार्ग बहुआयामिक समाज र श्रीकृष्ण धाम बिकास समितिको सयुक्त आयोजनामा श्रीकृष्ण जन्माष्मीको पावन अवसरमा ” जेष्ठ नागरिक संरक्षण अक्षकोषको स्थापना ” गर्न ३ दिनको पुजा कार्यक्रममा नगरभित्रका विद्यालयका विद्यार्थीहरु , आमा समूह , महिला समूह लगायत अन्य समूह र आफ्नो परिचयात्मक बाजा र ब्यानरसहितको समुहको उपस्थितिमा कलश यात्राको आरम्भ , महाआरती , भजन कृतन , कृष्णलिला तीज प्रतियोगिता हुनुका साथै विविध सास्कृतिक कार्यक्रममा श्री कृष्ण प्रबचनको लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका सुरक्षा आचार्यबाट ३ दिन नै श्रद्धालु भक्तजनहरुलाई समुधुरवाणि गुन्जन गराउने आयोजकले जानकारी गराएका थिए ।
श्रीकृष्ण जन्माष्ठमी पुजा ब्यवस्थापनका मुल संयोजक मोहन कार्कीको अध्यक्षतामा महाकबि देबकोटा क्याम्पसको अध्यक्ष कृष्णप्रसाद लामिछाने , सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुबे , लगायत धार्मिक ब्यक्तित्व र सामाजमा अग्रसर ब्यक्तित्वले मन्तव्य दिनु भएको कार्यक्रमको संचालक एबम पुजा ब्यवस्थापन समितिका महासचिब मुरली गौतमले गर्नु भएको थियो ।