सन्सारकै अग्लो श्रीकृष्ण मुर्ति रहेको शीकृष्णधाममा कृष्ण जन्माष्टमी
- पिटि अनलाईन न्यूज
- १ भाद्र, २०८१ १९:५४
- 17 Views
सन्सारकै अग्लो श्रीकृष्ण मुर्ति रहेको शीकृष्णधाममा कृष्ण जन्माष्टमी
युबराज पुन , नबलपरासी।
सन्सारकै अग्लो श्रीकृष्ण मुर्ति रहेको श्रीकृष्णधाम सुनवल ४ रमवापुरमा कृष्ण जन्माष्टमी पुजा हुने भएको छ । श्रीकृष्ण जन्माष्टमी पुजा व्यवस्थापन मुल समतिको अयोजनामा यहि भदौं ८,९ र १० गते कृष्ण जन्माष्टमी पुजा सहितकृष्ण लिला र कृष्ण महिमा सम्वन्धी प्रर्वचन समेत हुने पुजा व्यवस्थापन मुल समिति समारोहका संयोजक मोहनकार्किले जानकारी दिनुभयो ।
श्रीकृष्ण जमाष्टमी पुजा र विविध सांस्कृतिक कार्यक्रमबाट संकलित रकम जेष्टनागरिक संरक्षण अक्षयकोषमा रहनेसंयोजक कार्किले बताउनुभयो । सोहि अवसवरमा कृष्ण भजन चुट्का प्रतियोगीता र कृष्ण संग सम्वन्धीत तिज गितप्रतियोगीता समेत हुने पुजा व्यवस्थापन समितिले जनाएको छ ।
पुजा सम्पनन गर्नको लागी २ सय ५१ सदस्यीय समितिमा विभिन्न उपसमितिहरु पनि रहेका छन् । पुजालाई सफलवनाउन विभिन्न उवपसमितिहरु एवं विभिन्न संघ सस्थाहरु संग समेत मुल समितीले छलफल गरेको छ । सामुहिकछलफलमा वोल्दै श्री कृष्ण जन्माष्टमी पुजा व्यवसथापन मुल समितीका संल्लाहकार संयोजक एवं सुनवलनगरपालिकाका पुर्व नगरप्रमुख भिम वहादुर थापाले सुवनललाई धार्मिक एंव पर्यटकिय रुपमा राष्ट्रिय र अन्तराष्ट्रियरुपमा पहिचान गराउनको लागी श्रीकृष्णअष्टमी पुजाले महत्वपुणर् भुमिका खेल्ने बताउनुभयो ।
त्यस्तै धार्मिक पर्यटनबाट समग्र सुनवलको विकासमा पनि यसले महत्वपुणर् भुमिका खेल्ने थापाको भनाई छ । भदौं ८गते देखि धुमधामका साथ हुने पुजा तथा विविध संस्कृतिक कार्यक्रमको लागी तयारीलाई व्यापक वनाइएको पुजाव्यवस्थापन समतिले जनाएको छ ।
साथै श्री कृष्णअष्टमीको अवसरमा श्रीकृष्ण पुजा तथा विविध संस्कृतिक कार्यक्रमलाई सफल बनाउन उपस्थीत आमासमुह महिला समुह,तथा विभिन्न संघ संस्थाहरुले ऐक्यवद्धता जनाएको पुजा व्यवस्थापन समितिले जनाएको छ ।कार्यक्रममा समाजसेवि धार्मिक तथा सामाजिक अभियान्ताहरुको उपस्थीती रहेको थियो भने कार्यक्रमको संचललनकार्य सम्पादन समिति सदस्य समिक्षा बलालले गर्नुभएको थियो ।