कतारमा ३० औं विश्व आदिवासी दिवस भव्य मनाए।
- डिबि तामाङ
- २६ श्रावण, २०८१ २०:३८
- 21 Views
दोहा, कतार।
नेपाल आदिवासी जनजाति महासंघ कतारले एक भव्य समारोहका बीच ९ अगस्टमा ३० औं विश्व आदिवासी दिवस मनाएकोछ। प्लाजा मलको रेड चिल्ली रेस्टुरेन्टकाे सभा हलमा आयोजित कार्यक्रममा नेपालका आदिवासि जनजातिहरुको विभिन्न सांस्कृतिक झाँकी तथा कला संस्कृति सहितको तामाङ् झाँकी, गुरुङ झाँकी, लिम्बू जाति धानुक, माझी, राजवंशी लगायत आदिवासी जनजातिहरूको भव्य सांकृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।
विगत ५ वर्षदेखि निरन्तर पुरानो संस्थासंग आवद्धताका लागि चरणबद्द छलफल, बहस, केन्द्रको पत्र, निर्देशनपछि पनि यहाँका ६ मातृ संस्थालाई आबद्ध नगराए पछि नयाँ समानान्तर समिति खोल्न बाध्य भएको , साथै आगामी दिनमा शाखाको प्रक्रियागत रुपमा अगाडि बढ्न सक्ने योजना भएको भन्दै घेदुङ कतारका अध्यक्ष विकास लामाले मन्तव्यको क्रममा बताए।
तमु पे ल्हु संघ शाखा कतारको संरक्षक युद्द जंग पच्यु तमु प्रमुख अतिथि रहेको कार्यक्रमकाे उद्घोषण पे ल्हु संघ शाखा कतारका अध्यक्ष चन्द्र तमुले गरेका थिए।
समाजलाई विभाजन भन्दा एकता गरेर अग्रगामी योजना सहित अगाडि बढ्न सक्नुपर्ने धारणा जनप्रगतिशील मंच कतारमा अध्यक्ष राज देवकोटाले कार्यक्रममा मन्तव्यको क्रममा बताए सामाजिक अभियान्ता सागर नेपाल, प्रकाश आले मगरले सामाजिक हितमा एकताको अपरिहार्य रहेको सुझाए ।
सामाजिक हितमा एकजुट हुन आग्रह गर्दै प्रमुख अतिथि युद्द जंग गुरुङले सबैलाई अनुरोध गरे। विभिन्न बेमेलको अवस्थाले समाज विभाजन हुँदै जानु दुःखद भएको समेत औँल्याए।
तमु पे ल्हु संघ शाखा कतारका कलाकार दुर्गा गुरुङ र जय गुरुङ, सिजन गुरुङ, त्यस्तै गरी अनिता तामाङ, सानु बाबु तामाङ, प्रिया गुरुङ, दिलीप कुमार मण्डल,
धिरेन गुरुङ र पवन गुरुङ लगायतले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
समुदायमा आर्थिक समृद्धि तथा जनजातिको शैक्षिक प्रगतिको लागि एकजुट भएर शृङ्खलाबद्द कार्यक्रम गर्नु पर्ने बारे संयोजक तथा कार्यक्रमका सभापति इन्द्र तामाङले बताए। संभावना भएसम्म आगामी दिनमा दिगो विकास र समृद्धिको लागि चरणबद्ध कार्यक्रम गरिने बताउँदै सम्पूर्ण उपस्थितिलाई धन्यवाद सहित कार्यक्रम विसर्न गरेका थिए ।