साउदीमा मनायो ३०औ विश्व अन्तर्राष्ट्रिय आदिबासी दिवस
- पिटि अनलाईन न्यूज
- २६ श्रावण, २०८१ ०३:५७
- 21 Views
दम्माम, साउदी अरेबिया।
३०औ विश्व अन्तर्राष्ट्रिय आदिबासी दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ अरेबियाअरेबिया(नेफिन ) ,राष्ट्रिय समन्वय समिति ,साउदी अरवले सभ्य अनि भव्य रुपमा मनाएको छ।
शुक्रबार साउदीको पुर्बी क्षेत्र जुबेलको कुकजोन होटेलमा भब्यता साथ सम्पन्न भएको हो । संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष खेम तमुको सभापतित्वमा र नेपाली राजदूतावास रियादका प्रथम सचिव टिकाराम उपाध्ययको प्रमुख आतिथ्य , दुतावासको स्थानिय प्रतिनिधि नारायन पासवान , गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व संयोजक तथा नेपाल सरकारका पर्यटनदूत राजेन्द अर्याल , सकृय सङ्घ सङ्घठनका प्रतिनीधीहरु , सामाजिक ब्यक्तित्व लगायत नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमा बिभिन्न बक्ताहरुले आदिवासी दिवसको बारेमा जानकारी र शुभकामना दिनु भएको थियो।
६१ भन्दा बढी आदिवासी तथा जनजाति रहेको नेपालमा आदिवासी तथा जनजातीको अधिकारको लागि भएको विभिन्न आन्दोलनको सम्मान गर्दै आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी उपाध्ययले शुभकामना ब्यक्त गर्दै आदिवासीहरुको रास्ट्र निर्माणको भुमिकालाई संमान गर्दै सयुक्त राष्ट्र संघले आदिवासी दिवस मनाउन लागिएको जनाउदै ४ लाख नेपाली श्रमिक कार्यरत साउदीमा सम्पूर्ण नेपालीलाई सम्मान गर्दै नेपालीको हक हितमा दूतावासले भुमिका खेल्दै आईरहेको बताए । दूतावासले श्रमिक लगायत विभिन्न कार्य गर्दै आईरहेको बताउदै साउदी अरेबियामा कार्यरत अवस्थामा निधन भएको नेपाली नागरिकको परिवारले पाउनु पर्ने सेवा सुबिधा दिलाउन दूतावास लागि परेको बताउदै कुनै त्यस्तै समस्यामा परेका भए दूतावास सम्पर्क गर्न अनुरोध गरे ।
कार्यक्रममा महासंघमा आवद्ध तमु धि नेपाल प्रवास शाखा साउदी अरब ,नेपाल मगर संघ शाखा साउदी अरब ,किरात राई यायोक्खा शाखा साउदी अरब ,नेपाल तामांग घेदुग साउदी अरब , नेवा : समाज साउदी अरब ,किरात याक्थुङ चुम्लुङ र साउदी अरब लगायत जातीय संगठनले आफ्नो जातीय मौलिक सांस्कृतिक झाकीहरु प्रस्तुत गरिएको थियो । किरात राईको सोई ढोले र धान नाचले कार्यक्रमलाई आकर्षक बनाएको थियो। कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुतिले थप रौनकता थपेका थिए ।
कार्यक्रमा अन्त्यमा दिवस सफल बनाउन योगदान दिनु संघसंगठन,मिडियाकर्मी ,कलाकार तथा ब्यक्तिलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रम सफलता पुर्वक सप्पन्न गर्न योगदान दिनु हुने सम्पुर्णलाई महासंघ तर्फबाट अध्यक्ष तमुले हार्दिक आभार ब्यक्त गर्दै भने कुनै कारण गल्ती भएमा माफी दिन अपिल गरे।
सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन ३० औं वर्ष पुगेको छ । नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । राष्ट्रसंघले यो बर्षको निम्ति “स्वैच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण” ” भन्ने नारा तय गरेको छ।
०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानले नेपालमा उत्पीडित जातजाति, भाषाभाषीहरू आफ्नो सामूहिक हक अधिकारका निम्ति संगठित हुने, मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्ने, परम्परागत संस्कार संस्कृतिहरूको उजागर गर्ने अधिकार दिएपछि जातीय संस्थाहरु खुल्ने क्रम सुरु भयो । तिनै जातीय संस्थाहरू एकीकृत पहलमा २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ गठन भयो । पछि सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गर्यो । सोही ऐनअनुसार ५९ थरी र पछी थप २ गरी ६१ आदिवासी जनजातिलाई सूचीकृत भएका छन् । महासंघअन्तर्गत महिला, युवा, विद्यार्थी, पत्रकार, वकिल, चलचित्र, मजदुर र फरक क्षमता भएका शारीरिक रूपले अशक्त गरी ८ वटा महासंघीय सम्बन्धन संस्थाहरू सम्बद्ध छन् ।